HomeFeatureप्रतिपक्षी दलद्वारा उठाईएको प्रश्नको जवाफ दिन सरकारलाई गगन थापाको आग्रह

प्रतिपक्षी दलद्वारा उठाईएको प्रश्नको जवाफ दिन सरकारलाई गगन थापाको आग्रह

काठमाडौं, 12 अगस्त 2021

नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिपक्षी दलका नेताले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई सचेत गराउनुभएको छ ।प्रतिनिधिसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको अभिव्यक्तिमा दंभ, आक्रोश र कुण्ठा भएपनि प्रश्न  प्रश्न नै भएको भन्दै एक एक उत्तर दिन सरकारलाई आग्रह गर्नुभएको हो । साउन २६ गते प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा दिएको अभिव्यक्ति तथा प्रश्नहरुमा आत्माश्लाघा, अहंकार, क्रोध, ईष्या, रिस र कुण्ठा भएपनि प्रश्न निम्छरो नभएको भन्दै उहाँले ती प्रश्नलाई गम्भीरता पुर्वक लिन सरकारलाई सुझाव दिनुभएको हो ।

उहाँले भन्नुभयो प्रश्नमा थुप्रै आत्माश्लाघा थियो, अहंकार थियो, क्रोध थियो । ईष्या थियो । रिस थियो । कुण्ठा थियो । तर पनि म भन्न चाहन्छु । प्रतिपक्षीले गरेको प्रश्न निम्छरो हुदैन । प्रश्न प्रश्नै थियो । प्रश्नलाई सरकारले गम्भीरतापुर्वक लिनुपर्छ । एउटा एउटा प्रश्नको उत्तर यो नयाँ सरकारले दिनुपर्छ । तर गफबाट होइन । कुराबाट होइन । कामबाट दिनुपर्छ ।

२०७६ साल बैशाख २४ गते तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले आक्रोश, कुण्ठा र निम्छरा प्रश्नको जवाफ नदिई अन्यको दिन्छु भनेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले नियमापत्ति गरेका थिए । प्रतिपक्षी दलको नाराबाजीकै बीच प्रधानमन्त्रीले सम्बोधन सकाउनुको साथै नीति तथा कार्यक्रम पनि पारित गरिएको थियो ।विहिबारको बैठकमा सांसद थापाले प्रतिपक्षीलाई विगतको सरकारले जस्तो व्यवहार नगर्न पनि सुझाव दिनुभयो । उहाँले विशेष समय र सुन्य समयमा उठेका विषयलाई गम्भीर रुपमा लिन र ती विषयलाई सम्बोधन गर्ने संकल्प गर्न सरकारलाई सुझाव दिनुभयो । पुर्व प्रधानमन्त्रीलाई प्रतिपक्षी दलको ठाउँ सुहाएको भन्दै उहाँले गफले नभई सही मतिका साथ काम गरेर सत्तापक्षको ठाउँ सुहाउँदो देखाउन पनि सचेत गराउनुभयो ।सांसद थापाले नेपाली भूमि फिर्ता र एमसिसिबारे प्रश्न गर्ने प्रतिपक्षी दलको नेता ओलीलाई आफ्नो कार्यकालमा के गर्नुभयो भनी प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो मलाई विश्वास गरेर नागरिकले प्रधानमन्त्रीत्व दिएको भन्दै गर्दा मैले मनमनै आफैलाई भनीरहेको थिएँ कठैबरा राजनीतिक प्रणालीको बारेमा थाहै रहेनछ । यो प्रधानमन्त्रीय प्रणाली होइन । यहाँ सांसद जनताले चुनेर माननीय बनाउँछन् । माननीयले मनलाग्नेलाई सम्माननीय बनाउँछन् । यहाँ राख्छन् । मन नलाग्नेलाई उता पठाउँछन् । कहिले उता कहिले यता । जब उहाँले बोल्दै गर्दा भन्नुभयो भूमि फिर्ता कहिले आउँछ ? जेष्ठ ३१ गते ७७ सालमा सिंगो संसद उभिएर संविधान पास गरेर ल है अगाडि बढ्नुहोस् भन्दै गर्दा, १ बर्ष, २ बर्ष , एकपक्षीय , बहुपक्षीय अनेकन वार्ता भएछ । एकपटक चुईक्क भूमिका बारेमा बोल्नुभएन । १ सय ६५ जना सांसद छ ।  अब एमसिसि के गर्छौ भनिरहँदै गर्दा , यसो सम्झेको उहाँसंग त कति रहेछ ? २ सय ८ हुदैगर्दा के गर्नुभएको रहेछ ?”

पञ्चायतपछि सत्तापक्षकै दलले सडकमा प्रर्दशन गरेको उल्लेख गर्दे सांसद थापाले विपक्षी दलसंग पनि संवाद र सहमति गरेको भन्ने ओलीले संविधान विपरित संबैधानिक परिषद्बाट प्रतिपक्षलाई निकाल्ने काम गरेको भनी व्यंग्य गर्नुभयो ।

उहाँले भन्नुभयो सबै भन्दा छक्क परेको कतिखेर भने । जतिखेर उहाँ यहाँ उभिएर भ्रष्टाचारको कुरा गर्नुभयो । म त झुक्किएँ । यसो हेरेको उहाँ त माननीय होइन, जतिखेर सम्माननीय हुनुहुन्थ्यो, दिनको एउटा काण्ड गराउने, काण्डलाई ढाकछोप गर्ने, काण्ड गर्नेलाई जोगाउने, अनि काण्डको छानविन गर्नको लागि बनाएको, संविधानले बनाएको निकायलाई पंगु बनाउने । विधेयकको कुरा गर्नुभयो । बनाउनुपर्ने कानुन नबनाउने, नबनाउनुपर्ने एकपछि अर्को बनाउने । बनाएर संसदतिर आयो भनेपनि बाटोमै छेकिदिने । अहिले बडो विधेयकको चिन्ता गर्नुभयो । पञ्चायत पछि पहिलो पटक सरकारमा बस्नेले शक्ति प्रर्दशन गर्यो सडकमा । उहाँ यहाँ उभिएर भन्नुहुन्छ , राज्यसंञ्चालन गर्दा अपनाउन पर्ने सबै खालको संयमता र अनुशासनप्रति म सजग थिएँ । प्रतिपक्ष संग संवाद र सहमतिको सम्पुर्ण काम गरेको थिएँ भन्दै गर्दा संविधानले दिएको संबैधानिक परिषद्बाट प्रतिपक्षलाई आउट गर्ने प्रधानमन्त्रीलाई मैले संम्झेँ । गठबन्धनको संस्कृति भित्रियो । कत्रो चिन्ता भएको ? जताततै गठबन्धन मेरै अहंकारका कारण आएको भन्ने सम्झनुभयो कि भएन होला ?”

उहाँले आफ्नो उपचार गर्न सरकारी ढुकुटी प्रयोग गरेका नेता ओलीले घाईते योद्धालाई उपचारका लागि समस्या भए कार्यालय आउन दिएको अभिव्यक्ति प्रति पनि व्यंग्य गर्नुभयो ।

उहाँले भन्नुभयो ए घाईते योद्धाहरु सरकारले तिमिहरुको उपचार गरेन भने मेरो पार्टी कार्यालय आउँ भन्दै गर्दा कठैबरा, आफ्नै उपचार गर्न त सरकारको ढुकुटीमा गएर हात फैलाउनुपर्नेले पार्टी कार्यालयमा आए कसरी उपचार गराउँलान् ? ”

सांसद थापाले दु्रत गतिमा मन्त्रीपरिषद्लाई पुर्णता दिई नजिकिदै गरेका चाडपर्वलाई मध्यनजर गरि कोभिड महामारी फैलिन नदिने तर्फका तयारी व्यापक बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । महामारीले देखिने गरि स्वास्थ्य क्षेत्र थला परेको र गैह् स्वास्थ्य क्षेत्रमा पनि प्रभाव परेको भन्दै उहाँले ती क्षेत्रका समस्यालाई सम्बोधन गर्ने तर्फ सरकार सचेत र गम्भीर हुनुपर्ने आवश्यकता औैल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...