HomeFeatureअफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्दार गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री कार्कीको...

अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्दार गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री कार्कीको निर्देशन

काठमाण्डौ, 16 अगस्त 2021

सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई छिटोभन्दा छिटो सकुशल उद्धार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भिर चासो लिँदै त्यहाँ रहेका नेपाली नागरिकलाई छिटो भन्दा छिटो सकुशल उद्धार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो । विद्रोही तालिवानले राज्य सत्ता कब्जामा लिएपछि अफगानिस्तानमा रहेका विदेशी नागरिकहरुको ज्यान जोखिममा परेको छ । त्यस घटनाप्रति गम्भिर चासो लिँदै त्यहाँ रहेका नेपालीहरुलाई छिटोभन्दा छिटो सकुशल उद्धार गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो ।

उहाँले भन्नु भयो, ‘अफगानिस्तानमा विकसित घटनाप्रति सरकारको गम्भिर चासो लिँदै त्यहाँ रहेका नेपाली नागरिकहरुलाई सकुशल शीघ्र उद्धार गर्ने । त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायलाई समन्वयात्मक रुपमा कार्य अघि बढाउन निर्देशन दिने ।’

बैठकले बेलायतको लन्डनमा जारी भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुको आमरण अनसनलगायतका विरोधमा कार्यक्रम फिर्ता लिन पनि आह्वान गरेको छ । उनीहरुका ती माग कूटनीतिक पहलमार्फत् सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै नेपाल सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुको लन्डनमा जारी आमरण अनसनसहितको विरोधको कार्यक्रम फिर्ता लिन आह्वान गरिएको प्रवक्ता कार्कीले बताउनु भयो । सरकारले उनीहरुको माग सम्बोधन गराउन कूटनीतिक पहल सुरु गरिएको पनि स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...