काठमाण्डौ, 16 अगस्त 2021
सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा रहेका नेपालीलाई सकुशल नेपाल फर्काउने व्यवस्था गर्न रुलिङ गर्नुभएको छ । सोमवारको बैठकमा सभामुख सापकोटाले अफगानिस्तानमा भइरहेको पछिल्लो घटनाक्रममा आफ्नो र प्रतिनिधि सभाको गम्भिर ध्यानाकर्षण भएको भन्दै अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित राख्न र सकुशल स्वदेश फर्काउने व्यवस्था गर्न सरकारलाई रुलिङ गर्नुभएको हो ।
उहाँले भन्नुभयो – ‘हालै अफगानिस्तानमा विकसित घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीहरुको सम्बन्धमा प्रतिनिधि सभा सहित मेरो गम्भिर ध्यानाकर्षण भएको छ । त्यहाँ रहेका नेपालीहरु सुरक्षित रहने वातावरण बनाउन र यथाशिघ्र सकुशल ल्याउने व्यवस्था गर्न र सो सम्बन्धी यथार्थ विवरण सभाको आगामी बैठकमा जानकारी गराउन नेपाल सरकारलाई निर्देश गर्दछु ।’
सभामुख सापकोटाले अफगानिस्तानमा रहेका नेपालीहरुको सम्बन्धमा यथार्थ विवरण संसदको आगमी बैठकमा जानकारी गराउन पनि निर्देश गर्नुभएको छ ।









































