काठमाण्डौ, 16 अगस्त 2021
नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ९६१ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौँमा ६७७, भक्तपुरमा ११७ र ललितपुरमा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै गत २४ घण्टामा देशभर ३५ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ। देशभर हालसम्म ३९ हजार ३७१ जना सक्रिय संक्रमित छन्। सोमबार २ हजार ४५८ जना संक्रमणमुक्त भएका छन्। गत चौबीस घन्टामा १० हजार ९३ पीसीआर तथा ५ हजार ५१८ एन्टिजेन परीक्षण भएको छ।









































