HomeFeatureचीनले भन्यो– तालिबानीसँग ‘मैत्रीपूर्ण सम्बन्ध’ बनाउन चाहन्छौँ

चीनले भन्यो– तालिबानीसँग ‘मैत्रीपूर्ण सम्बन्ध’ बनाउन चाहन्छौँ

काठमाण्डौ, 16 अगस्त 2021

अफगानिस्तानको राजधानी काबुलमाथि कट्टरपन्थी विद्रोही समूह तालिबानको नियन्त्रणपछि चीनले तालिबानसँग मैत्री सम्बन्ध बनाउन चाहेको जनाएको छ । सोमबार चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङ्गले अफगानिस्तानका मानिसहरुले आफ्नो भविष्यको फैसला आफैँले गर्नुपर्नेमा जोड दिनुभयो । चीनको अफगानी नागरिकको स्वतन्त्रताको हकको सम्मान गर्ने उल्लेख गर्दै उहाँले अफगानिस्तानसँग मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध विकसित गर्ने दिशामा अघि बढ्न तयार भएको बताउनुभयो । यसअघि नै चीनले काबुलमा रहेको आफ्नो दूतावास बन्द नगर्ने निर्णय गरिसकेको छ । चीनले अफगानिस्तानमा भएका आफ्ना नागरिकलाई घरभित्रै बस्न र सावधान हुन आग्रह गरेको छ । तालिबानको प्रतिनिधि गत जुलाइमा चीन भ्रमणमा गएका थिए । चीनमा उनीहरुले विदेश मन्त्री वाङ यीसँग भेटवार्ता पनि गरेका थिए । त्यो समयमा यो बैठकलाई राजनीतिक रुपमा तालिबानको अन्तर्राष्ट्रिय मान्यताको रुपमा हेरिएको थियो । सोही समयमा चीनको विदेश मन्त्रालयलले अफगानिस्तानको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने नीतिको पालना गर्ने जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...