HomeFeatureभूतपूर्व गोरखा सैनिकहरुलाई सरकारले नै हतोत्साहित गरेको भिम रावलको आरोप

भूतपूर्व गोरखा सैनिकहरुलाई सरकारले नै हतोत्साहित गरेको भिम रावलको आरोप

काठमाण्डौ, 16 अगस्त 2021

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष भिमबहादुर रावलले सरकारले बेलायतमा अनशनरत भूतपूर्व गोरखा सैनिकहरुलाई हतोत्साहित गर्ने गतिविधि गरिरहेको आरोप लगाउनु भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उपाध्यक्ष रावलले सरकारले भूतपूर्व गोरखाहरुको माग पुरा गराउनका लागि कूटनीतिक पहल गर्दै उनीहरुको जीवन रक्षा गर्न सरकारले पहल गर्नुपर्नेमा परराष्ट्र मन्त्रालयले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई लेखेको पत्रमा गोर्खाहरु आमरण अनशन बस्नुपर्ने होइन भनेर लेखिएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले भूतपूर्व गोरखाहरुको हकहितको निम्ति सरकार अग्रसर हुनुपर्नेमा उल्टै हतोत्साहित गराएको बताउनुभयो ।

उहाँले भन्नुभयो नेपाल सरकारले आफ्नो विदेशस्थित नागरिकहरुको हक हितको सम्बन्धमा तत्काल आवाज उठाउनुपर्नेमा हालै परराष्ट्र मन्त्रालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जानकारी गराइएको एउटा पत्रमा उल्टै भूतपूर्व गोर्खाहरुले यसरी आमरण अनशन गर्नु सुहाउने कुरा होइन भनेर पत्र पठाएको देख्दा स्वयं अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा काम गर्ने हामी त्यसका सदस्यहरु लज्जित भएका छौँ । आफ्ना देशका नागरिकहरुका बारेमा जोडदार रुपमा आवाज उठाउनी र उनीहरुको हक, हितको लागि सरकार अग्रसर हुनुपर्नेमा त्यतातर्फ ध्यान नदिएर उल्टै आफ्नो न्यायोचित माग उठाउने भूतपूर्व गोरखाहरुलाई हतोत्साहित गर्ने प्रकारका गतिविधि गरिनु अत्यन्त खेदजनक कुरा हो ।

उपाध्यक्ष रावलले भूतपूर्व गोरखाहरु १० दिन देखि आमरण अनशन बसिरहेकाले स्वास्थ्यस्थिति बिग्रिएको भन्दै तत्काल उच्चस्तरिय वार्ता समिति गठन गरेर बेलायत सरकारसँग वार्ता गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...