काठमाडौं, 17 अगस्त 2021
सर्वोच्च अदालतले न्यायिक संग्रहालय स्थापना गरेको छ । नेपालको न्यायिक क्षेत्रमा प्रयोग भएका विभिन्न सामग्रीहरुको संरक्षण गर्नका लागि स्थापना भएको न्यायिक संग्रहालयको मंगलबार प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले उद्घाटन गर्नुभएको हो । न्यायिक संग्रहालयमा न्यायिक इतिहासलाई जिवन्त राख्ने सामग्रीहरु तत्कालिन फैसलाहरु, आदेश, तत्कालिन न्यायाधिशहरुले प्रयोग गरेका पोषाक लगायतका सामग्रीहरु लगायतका विभिन्न १५ प्रकृतिका ३५० वटा सामग्रीहरु संग्रहालयको प्रदर्शनी कक्षमा राखिएको सर्वोच्च अदालतका सह रजिष्ट्रार बाबुराम दाहालले बताउनुभयो । यस संग्राहलय न्याय क्षेत्रका विभिन्न व्यक्तित्व तथा विद्यार्थीहरुका लागि अध्ययनको केन्द्र हुनसक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।यस संग्रहालयको पूर्वाधार निर्माणका लागि २२ लाख रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो ।









































