HomeFeatureसरकारमा जाने विषयमा देउवासँग छलफल भएना:समाजवादी पार्टी

सरकारमा जाने विषयमा देउवासँग छलफल भएना:समाजवादी पार्टी

काठमाडौं, 27 अगस्त 2021

प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारमा जाने विषयमा कुनै पनि छलफल नभएको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले जनाएको छ । प्रधानमन्त्री देउवाले मन्त्रीपरिषदलाई पूर्णता दिने तयारी गरिरहेका बेला नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने विषयमा आफ्नो पार्टीसँग कुनै छलफल नभएको प्रष्टयाउनु भएको हो । शुक्रबार बबरमहलस्थित आफ्नै पार्टीको केन्द्रिय कार्यालयमा संञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले पार्टी दर्ता नै भर्खर भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सोधे मात्रै सरकारमा जाने विषयमा आफूहरुले आवश्यक निर्णय गर्ने पनि स्पष्ट पार्नु भयो ।

उहाँले भन्नु भयो, ‘पार्टी दर्ता नै भर्खर भएको छ । त्यसपछि पनि हामीलाई बोलाउनु हुन्छ, सोध्नु हुन्छ, अनि कुरा राख्छौं । जाने÷नजाने कुरा त मैले भनि सके नि । हाम्रो पार्टी हामी कतिचोटी भेटिसकेका छौ नि, सामूहिक रुपमा पनि भेटी राखेका छौं । अलग–अलग पनि भेटेका छौ । तर कुनै पनि छलफलमा सरकारमा जाने विषयमा छलफल भएको थिएन । किनकी हाम्रो पार्टी निर्माण गर्ने, स्थापना गर्ने कुरा चलिरहेको थियो । त्यसैले सरकारसँग यि कुराहरु पनि उठला वा शेरबहादुर जीले सोध्नु हुन्छ भने हामी यो विषयमा कुरा गर्छौ ।’

अध्यक्ष ठाकुरले सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गर्ने वा नगर्ने विषयमा पनि पार्टीले धारणा तय गरि नसकेको स्पष्ट पार्नु भयो ।

उहाँले सञ्चारकर्मीमाझ भन्नु भयो, ‘हामी सत्तारुढ गठबन्धनमा छैनौं । चुनाव घोषणा भएपछि त्यस विषयमा पनि विचार गरौंला ।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...