अफगानिस्तान, 28 अगस्त 2021
अमेरिकाले अफगानिस्तानको पूर्वी क्षेत्रको IS- K लाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको छ। अमेरिकाले 26 अगस्तमा काबुलमा भएको आत्मघाती बम विष्फोटको बद्लामा सो आक्रमण गरेको हो। संचार माध्यका अनुसार ड्रोन आक्रमणबाट काबुलमा भएको आत्मघाती बम विष्फोटमा IS- K का मुख्य योजनाकारको मृत्यु भएको बताईएको छ। बिहिबार काबुल विमानस्थलमा भएको आक्रमणमा 1 सय 70 जनाको ज्यान गएको थियो। उक्त आत्मघाति बम विष्फोटमा 13 अमेरिकी सैनिकको पनि मृत्य भएको थियो। काबुलमा भएको आत्मघाती बम विष्फोटको जिम्मेवारी आतंकी संगठन IS K ले लिएको थियो। शुक्रबार अमेरिकी राष्ट्रपति जो बाईडनले बिहिबार भएको आत्मघाति आक्रमणमा संलग्न आतंकबादीलाई नछोड्ने चेतावनी दिनुभएको थियो। अमेरिकाले अफगानिस्तानमा लामो समय पछि यसप्रकारको आक्रमण गरेको हो। काबुलमा रहेका अमेरिकी अधिकारीहरूले विमानस्थलको प्रमुख क्षेत्रहरू भन्दा टाढै रहन त्यहाका नागरिकहरुको लागि नयाँ चेतावनी जारी गरेका छन्। अमेरिकाले अन्तिम समयसम्म अफगानहरूको उद्धार जारी राख्ने र विमानस्थल अझै पनि आफ्ना फौजको नियन्त्रणमा रहेको बताइरहेको छ।









































