HomeFeatureओलीले जाली तमसुक गरेर प्रधानमन्त्री पद पड्काएको: दाहाल

ओलीले जाली तमसुक गरेर प्रधानमन्त्री पद पड्काएको: दाहाल

काठमाण्डौ, 28 अगस्त 2021

नेकपा (माओवादी कन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केपी ओलीले जाली तमसुक गरेर आफूमाथि ठगी गरेको आरोप लगाउनु भएको छ । अध्यक्ष दाहालले अध्यक्ष र प्रधानमन्त्री आधाआधा हुने भनेर जाली तमसुकमा हस्ताक्षर गराएर आफूमाथि ओलीले ठगी गरेको टिप्पणी गर्नु भएको हो । वाईसियल नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलामा बोल्दै उहाँले ओलीले जाली तमसुक गरेर प्रधानमन्त्री पद पड्काएपछि आफू हेरेको हेरिएकै परियो दुःखेसो समेत पोख्नु भयो । अध्यक्ष दाहालले भन्नु भयो, ‘अध्यक्ष आलोपालो, प्रधानमन्त्री पनि पालो गर्ने भन्नेमा सही गरियो । त्यहाँ भन्दा के चाहियो ? हामीले त जे भनेको त्यही हुन्छ भन्ने बुझियो । तर त्यो पछि त खाली प्रधानमन्त्री प्राप्तीका लागि ठगी धन्दा रहेछ त्यो त । हामीले चाँही उनको ठगी धन्दा तमसुकमा सही गरे पछि त भयो भनि ठान्यौं, हामीले । तमसुक हेरेर बसियो, विचारा उनले त प्रधानमन्त्री पड्काए, लगेको लग्यै पारे । ’अध्यक्ष दाहालले ओलीसँग गठबन्धन गरेर के पायौं ? भनेर आफूमाथि सत्तारुढ दल भित्रैबाट प्रश्न आउने गरेको गुनासो पनि गर्नु भयो । उहाँले सत्तारुढ गठबन्धनलाई कमजोर बनाउने कसरत भईरहेको उल्लेख गर्दै त्यसका विरुद्ध सशक्त ढंगले लाग्न पनि पार्टीको युवा संगठन वाईसियलका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । अध्यक्ष दाहालले भन्नु भयो, ‘प्रतिक्रियावादी शक्तिहरुले कुनै पनि रुपमा यो गठबन्धनलाई कमजोर पार्ने, यो परिवर्तनलाई उल्टयाउने र कहीँन कहीँ पूरातनपन्थतिर मुलुकलाई फर्काउने कसरत गरिरहेका छन । त्यसलाई रोक्नका लागि तपाई युवाहरुप्रति पार्टीको ठूलो भरोसा छ । ’ अध्यक्ष दाहालले युवाहरु नै पार्टीको मुख्य शक्ति भएको उल्लेख गर्दै हरेक कमिटीमा उनीहरुको २० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गराउने व्यवस्था पार्टीको विधानमा किटान गरिएको पनि स्मरण गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...