HomeFeatureपहिरोले अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सुचारु

पहिरोले अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सुचारु

काठमाडौं, 30 अगस्त 2021

अविरल वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सूचारु भएको छ । त्रिभवन राजपथ अन्तरगत चिसापानी धारा नजिकै सोमबार बिहान पहिरो जाँदा करिव दुई घण्टा सो सडकखण्ड अवरुद्ध भएको थियो । अहिले पहिरोले थुपारिदिएको ढुंगामाटो पन्छाएर सो सडक खण्ड पूर्ण रुपमा संचालनमा आएको प्रहरी निरीक्षक महेन्द्र थापाले जानकारी दिनु भयो । अविरल वर्षासँगै सो सडकखण्डमा हिजो बिहान ८ बजेतिर र आज बिहान पनि करिव साँढे ५ बजेतिर पहिरो गएको थियो । पहिरोका कारण करिव दुई घण्टा सवारी आवातजावत गर्ने काम अवरुद्ध हुँदा यात्रुहरुले सास्ती व्यहोर्नु परेको थियो । प्रहरी निरीक्षक थापाले अव सडक अवरुद्ध नहुने गरी पहिरो पन्छाउने काम गरेको पनि बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘बिहान साँढे ५ बजेतिर पहिरो गयो । सात बजेतिर वान वे बाटो खुलायौं । अहिले सडक पूर्ण रुपमा सूचारु भएको छ । अव पहिरोले असर नगर्ला ।

सुरुङमार्ग निर्माण गर्ने क्रममा सडक फराकिलो बनाउने काम गर्नु परेकाले सो क्षेत्रको सडकमाथिबाट पहिरो झर्ने काम काम भईरहेको छ । पहिरो निरन्तर गईरहेका कारण सयौं सवारी साधन र त्यसभित्रका यात्रुहरुले सास्ती व्यहोरिरहनु पर्ने अवस्था आएको स्थानीयले बताएका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...