HomeFeatureसिसडोलवासीको बिरोधपछि विभिन्न स्थानबाट फोहोर उठ्न सकेन

सिसडोलवासीको बिरोधपछि विभिन्न स्थानबाट फोहोर उठ्न सकेन

काठमाडौं, 30 अगस्त 2021

सिसडोल ओखरपौवाका स्थानीयले बिरोध जनाएपछि अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निस्किने फोहोर थुप्रिएको छ ।२ वर्षका लागि मात्रै काठमाडौंको फोहोर बिसर्जन गर्ने भनिएको सिसडोलमा १४ वर्ष पुगिसक्दा समेत फोहोर फालिँदै आएपछि त्यहाँका स्थानीयले यसको बिरोध गरेका हुन् । स्थानीयको बिरोधपछि अहिले काठमाडौंको फोहोर केही समय यता उठ्न सकेको छैन । सरकारले मानव बस्तीको बीचमा फालिएको फोहोरको उचित व्यवस्थापनमा लापरबाही गरेको स्थानीयहरुको गुनासो छ । स्थानीय परशुराम अर्यालका अनुसार ओखरपौवामा १४ वर्षसम्म फालिएको फोहोर व्यवस्थापन गर्न नसक्दा ठूला समस्याहरु देखा पर्न थालेका छन् । फोहोरको पानी चुहिएर खोलामा जाने र त्यही पानी गाईवस्तुलाई खुवाउनु र बालीनालीमा लगाउनु पर्ने बाध्यताले विभिन्न रोगहरु पैदा भइरहेको स्थानीयवासी अर्यालले बताउनुभयो । उहाँले फोहोरका कारण मानव बस्ती प्रभावित भइरहेकोले सरकारले त्यहाँको उचित व्यवस्थापन गरिदिनुपर्ने उहाँको भनाइ छ । अर्यालले सरकारले जग्गा अधिकरण गरेर बस्ती हटाउने वा त्यहाँको फोहोर व्यवस्थापन गर्ने र अब बञ्चरे डाँडामा फोहोर लग्ने व्यवस्था नमिलाए निकट भविष्यमै ठूलो दुर्घटना निम्तिने बताउनुभयो ।

स्थानीयवासी अर्यालले भन्नुभयो, “यो एकदमै कठीन छ, स्थानीय मान्छेहरु विशेष गरी ककनी गाउँपालिका वडा नम्बर २ जहाँ फोहोरको बिसर्जन अहिले अस्थायी रुपमा भइरहेको छ, यो २ वर्षका लागि मात्रै भनेर नेपाल सरकारले जिम्मा लिएको तर १४ वर्ष यहीँ फालिसक्यो । १४ वर्ष यसरी फोहोर फाल्दै गर्दा फोहोरको अव्यवस्थापन भइरहेको छ । व्यवस्थापन हुन नसक्दा धेरै ठूलो समस्याहरु देखा पर्दै आइरहेका छन् । मान्छेले धेरै ठूलो समस्या झेलिरहेका छन् , बाटो यस्तो अवस्थामा छ, फोहोरबाट चुहिएर खोलामा गएको पानी खेतिबारिमा लगाउनुपर्ने अवस्था छ, त्यही पानी गाई वस्तुलाई खुवाउने अवस्था छ, त्यसकारण फोहोरले महामारी पनि आउटलेट हुन सक्छ भन्ने मलाई लाग्छ । ककनी गाउँपालिका वडा नं. २ विशेष प्रभावित क्षेत्र हो । यो हावा त्यत्तिकै प्रदूषित छ,सबै कुरा प्रदूषित छ, त्यसकारण नेपाल सरकार वा सम्बन्धित सरोकार वाला निकाय वा सम्बन्धित निकायले जति सक्दो छिटो यसको व्यवस्थापन अर्को ठाउँमा गर्नुपर्यो । जस्तो बञ्चरो डाँडोमा भनिएको छ त्यहाँ लगेर गर्नुपर्यो । त्यो ठाउँमा लगेर व्यवस्थापन गर्नुपूर्व यो ठाउँमा फोहोरले गरेको अस्तव्यस्ततालाई पनि समाधान गर्नुपर्यो । यता समस्याको समाधान गरिसकेपछि मात्रै उता फोहोर व्यवस्थापन गरिदिए राम्रो हुन्थ्यो । मानव बस्तीहरु भइरहेको ठाउँमा यसले धेरै असर पार्छ । त्यसैले यो मानव बस्ती भन्दा अलि टाढा लगेर व्यवस्थापन गर्नुपर्ने तर हाम्रो यहाँ बस्तीको बीचमै छ, ककनीको वडा नम्बर १,२ र ३ त्यस्तै धादिङको धुनिबेसी नगरपालीकाको १,२ सँगै काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकाको वडा नं. ३ विशेष प्रभावित क्षेत्र हो । त्यसकारण नेपाल सरकार वा मन्त्रालय कसको जिम्मेवारी हो, उहाँहरुले व्यवस्थापन गर्नुपर्यो सँगै बस्ती फोहोरले गर्दा प्रभावित भएको छ, त्यसलाई अधिकरण गरेर ,कि त यहाँबाट बस्ती नै हटाए मात्रै यसको समाधान समस्या निस्केला नत्र यसले भविष्यमा धेरै ठूलो असर धेरै ठूलो दुर्घटना ननिम्तेला भन्न सकिँदैन ।

काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरीकुमार श्रेष्ठले सिसडोलमा फोहोर फाल्न अब नसकिने भन्दै सबै निकायले छिटो भन्दा छिटो आफ्नो काम गरेर बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न सक्ने व्यवस्था मिलाउनु पर्ने बताउनुभयो । उहाँले कोभिड–१९ का कारण केही समस्याहरु आइरहेको बताउँदै  सबै राज्य संयन्त्र मिलेर काम अघि बढाउनुको विकल्प नरहेको बताउनुभयो । प्रमुख श्रेष्ठले सिसडोलका स्थानीयको मागलाई सम्बोधन गर्ने गरी काम अघि बढाइने पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले गत वर्ष नै जानकारी गराएका थियौँ तर के भनियो भने यस वर्ष फोहोर बञ्चरे डाँडा जाँदैन, सिसडोलमा नै व्यवस्थापन हुन्छ, भनेपछि हामीले त्यही अनुसारको तयारी गरेर गत वर्ष फोहोर फाल्नलाई सफल भइयो । तर यस वर्ष फोहोर फाल्न मिल्दैन बञ्चरे डाँडा नै जानुपर्छ भन्दा, सबै संयन्त्र, राज्य संयन्त्र सबै निकाय परिचालित भएर छिटो भन्दा छिटो बञ्चरे डाँडा ल्याण्डफिल्ड साइडमा फोहोर फाल्नुपर्छ भन्ने हिसावको छलफल पनि भएको र जान्छ भन्ने हिसावले पनि तयारी भएको भन्ने कुरा छ, कोभिड१९ को कारणले समस्या आएको छ, मेन पावरको काम गर्ने श्रमीकहरुको भयो । ल्याउनु पर्ने इक्वीपमेण्टहरु भयो । जुन हिसावले काम हुनुपर्ने हो, त्यो यस वर्ष पनि काम गर्न नसकेपछि सिसडोलमा राख्ने, फाल्ने ठाउँ नभइसकेपछि हामीले के भनेका छौँ भने यसको विकल्प भनेको बञ्चरे डाँडा हो त्यसको विकल्पमा जानुपर्छ भनेका हौँ । यहाँ राख्न सकिन्थ्यो तर सडकमाथि फोहोर, फोहोरमाथि गाडी गाडीमाथि फेरि फोहोर भयो। फोहोरको गाडी लिएर जानका लागि ८० मिटर जुन हाइट छ, त्यो डेढ सय २ सय मिटरको सडक  त्यो एकदम खतरा छ । त्यसमा ग्राभेल बनाएर लिएर जाँदा वर्षात्को समयमा पानी पर्दा फोहोरको गाडी ठेल्ने तान्ने गर्दा पनि जुन रेसियोमा गाडीहरु जानुपर्ने थियो त्यसअनुसार फोहोरको गाडीहरु नगइसकेपछि यो समस्या आएको हो । यसको समाधानको उपाय भनेको अब त्यो बाटोमा ग्याभिन राखेर जानु बाहेक विकल्प छैन, त्यसका लागि हामीले प्रक्रिया अघि बढाउने तयारी गरिहेका छौँ । सबै निकायले आ आफ्नो जिम्मेवारी लिए समाधान समस्या हुन्छ । समस्या ल्याण्डफिल्ड साइट नभएको मात्रै हो । बञ्चरे डाँडाको व्यवस्थापन गरेर फोहोर फाल्ने ठाएँ बनाउनुको विकल्प छैन ।

सिसडोड ल्याण्डफिल्ड साइटका इञ्चार्ज सरकारदीप श्रेष्ठले बाटोभन्दा माथि फोहोर व्यवस्थापन गर्नुपरेकोले समस्या आइरहेको बताउनुभयो । उहाँले हरेक दिन डेढ सय गाडी फोहोर व्यवस्थापन गर्नुपर्नेमा अहिले कहिले १००, कहिले डेढ सय, कहिले ५० गाडी मात्र फोहोर व्यवस्थापन गर्न सकिएको जानकारी गराउनुभयो । इञ्चार्ज श्रेष्ठले काठमाडौंवासीले केही समय घरमै कुहिने÷ नकुहिने फोहोर छुट्याएर राख्ने र कुहिने फोहोरलाई मात्र बाहिर निकालेर नकुहिने फोहोरलाई घरमै व्यवस्थापन गर्न र सडकमा जथाभावि फोहोर नफालिदिन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “बाटोभन्दा माथि फोहोर व्यवस्थापन गर्नुपरेकोले समस्या आइरहेको छ । यस वर्ष गत साल भन्दा पनि धेरै पानी परेको कारणले गर्दा फोहोरमाथि नै बाटो हुँदा फममा हिँडेको जस्तो लिचिलिचि भएर गाडी उक्लिन नसक्ने त्यसैले कहिले डोजरले ठेलेर कहिले तानेर फोहोर व्यवस्थापन गरिरहनु परेको छ । हरेक दिन डेढ सय गाडी फोहोर व्यवस्थापन गर्नुपर्नेमा अहिले कहिले १००, कहिले डेढ सय, कहिले ५० गाडी हुन्छ । अहिले ५०÷६० गाडी फोहोर व्यवस्थापन भएको छ । काठमाडौं उपत्यकाको फोहोर सजिलै उठ्न सकेको छैन । सडकमा फोहोर देखिसकेको अवस्था हो । यसलाई न्यूनिकरण गर्नका लागि बञ्चरे डाँडा ल्याण्डफिल्ड साइट तयार हुनुपर्ने, ७५ सालदेखि तयार हुन्छ भनेर भनिएको तर अहिलेसम्म तयार भएको छैन । फोहोर सिसडोलमै राख्नु पर्ने भएर फोहोर राखेको हो, बञ्चरे डाँडा तयार भए हामी सहजै फोहोर व्यवस्थापन गर्न सक्छौँ । सिसडोलमै राख्नुपर्ने अवस्थामा वर्षात कम भएपछि मात्रै अलि सहज हुन्छ । त्यसैले शहरवासीले सडकमा फोहोर नफाली घरमै २÷४ दिन राख्दा पनि दुर्गन्धित हुँदैन । कुहिने फोहोर मात्रै बाहिर निकालौँ ।

इञ्चार्ज श्रेष्ठले वर्षात्को समयमा फोहोर आइरहे पनि कम मात्रै व्यवस्थापन गर्न सकिएको बताउनुभयो । उहाँले ल्याण्डफिल्ड साइट जहाँ र जहिल्यै पनि बाटो भन्दा मुनि हुनुपर्ने तर नेपालमा फोहोर भन्दा माथि नै बाटो बनाएर ८०–१०० मिटरको हाइटसम्म लगेर फोहोर व्यवस्थापन गर्न परिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...