HomeFeatureकोरोनाको कारण रोकिएको काठमाडौंमा चित्रकला प्रदर्शनी शुरु

कोरोनाको कारण रोकिएको काठमाडौंमा चित्रकला प्रदर्शनी शुरु

काठमाडौं, 30 अगस्त 2021

कोरोनाको कारण २ वर्ष यता रोकिएको चित्रकला प्रदर्शनी शुरु भएको छ । इ आर्ट्स नेपालको आयोजनामा आज (सोमवार) देखि आर्ट काउन्सिल बबरमहलमा चित्रकला प्रदर्शनी शुरु भएको हो । कोरोनाको कारण केही समय यता सुनसान रहेको माहोललाई उर्जावान बनाउनका लागि चित्रकला प्रदर्शनी गरेको चित्रकार एरिना ताम्राकारले बताउनुभयो । उहाँले कोरोनाका कारण चित्रकारहरुको कला घरमै मात्र सिमित रहेको भन्दै त्यसलाई थप उर्जावान बनाएर गति प्रदान गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने आशासहित आयोजना चित्रकला प्रदर्शनी गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कोरोनाका कारण धेरै जना सिनियर आर्टिस्टहरुलाई समेट्न पाएनौँ, डाइरेक्ट ग्यालरिमै पेन्टिङ पुर्याउनेहरुलाई मात्र समेटेका छौँ । यस वर्ष हामीले हिमालयन आर्ट एग्जिबेशन मात्रै गर्यौं, तर गत वर्षहरुमा दशैँअघि हिमालय आर्ट फेस्टिबल गथ्र्यौं । तर यस वर्ष यस्तो पेण्डामिक समयमा सहज छैन, यो वर्षको लकडाउनले हामीलाई निराश बनाएको छ, काम गर्ने मूड नै छैन, हामीले पेन्टिङ नकोरी समस्या हुन्छ, त्यसैले यस्तो बेलामा पनि काम गर्दै जाउँ भनेर गरेका हौँ, सबैलाई समस्या नै छ, आर्टिस्टलाई मात्रै होइन, सबैलाई यस्तै छ, तर आर्टिस्टलाई झनै समस्या छ, त्यसैले यस्तो बेलामा पनि फेस्टिबल आयोजना गरेका हौं ।

प्रदर्शनीमा ब्याबसायिक चित्रकार प्रमिला बज्राचार्यले कोरोना केही सामान्य भएको अवस्थामा नेपाली चित्रकारहरुलाई केही सहज होस् भनेर यो प्रदर्शनी गरेको बताउनुभयो । प्रदर्शनीमा ६० भन्दा धेरै ब्यावसायिक चित्रकारहरु उपस्थित रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कोरोना अलि नर्मल भएको बेला गरौँ, नेपाली आर्टिस्टहरुलाई अलि इजी पनि होस् भनेर हामीले एग्जीबेशन गरेको हो । यहाँ ६०,६५ जति आर्टिस्टहरु हुनुहुन्छ । हामीले दशैँ अगाडि गर्दै आएको हो, यस वर्ष फेस्टिभल गर्न सकेनौँ तर एग्जिबेशन गरेका हौँ ।

चित्रकला प्रदर्शनीमा सहभागि चित्रकार सञ्जु श्रेष्ठले अनलाइनबाट प्रदर्शनी गर्नुपर्ने बाध्यतालाई चिर्दै भौतिक उपस्थितीमै चित्रकला प्रदर्शनी गर्न पाउँदा खुशी महशुस गरेको बताउनुभयो । उहाँले यसरी भौतिक उपस्थितीमै गरिने प्रदर्शनीले चित्रकारहरुमा शक्ति, जोश र जाँगर आउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कोरोनाको पेण्डामिकले गर्दा फ्री भएर काम गर्न नपाइरहेको अवस्थामा त्यसमाथि मेण्टल्ली भित्रबाट बाँधिरहेको अवस्थामा यो फेस्टिबल केही उत्साहका लागि गरेका हौँ । पेण्डामिकले सबै काम रोकिरहेको जस्तो भएको थियो । यस्ता प्रोग्रामले आर्टिस्टहरुलाई इनर्जी आउँदो रहेछ, अनलाइनबाट आर्ट देखाइरहेपछि फिजिकली उपस्थित भएर देखाउन पाउँदा छुट्टै इनर्जी आउँदो रहेछ ।

हरेक वर्षको दशैँअघि गरिँदै आएको चित्रकला प्रदर्शनीमा कोरोना भाइरसको डरले यसवर्ष धेरै जना ठूला चित्रकारहरुलाई समेट्न नपाइएको उहाँले बताउनुभयो । आज (सोमवार) भाद्र १४ गतेबाट शुरु भएको चित्रकला प्रदर्शनी भाद्र २० गते आईतवारसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...