HomeFeatureखुकुरी प्रहारबाट युवकको हत्या

खुकुरी प्रहारबाट युवकको हत्या

लमजुङ, 31 अगस्त 2021

एक युवकको राइनास नगरपालिका-९ साततले नजिकै सग्रबासमा खुकुरी प्रहारबाट हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपीका अनुसार २४ वर्षीय सुरज थापाको खुकरी प्रहारबाट २२ वर्षीय सुदिन आलेमगरको मृत्यु भएको हो ।सोमबार राति साढे ८ बजेतिर उक्त घटना घटेको हुन सक्ने कार्कीले बताउनु भयो । भतरपुर चितवन लाने क्रममा बाटोमै मृत्यु भएको डीएसपी कार्कीले बताउनु भयो । उनका अनुसार घटनामा संलग्न थापालाई प्रहरीले मंगलबार मध्यान्ह पक्राउ गरेको छ ।घटनाबारे राति साढे ९ बजेतिर स्थानीयले थाहा पाएका थिए । राइनास नगरपालिका ९ का वडा सदस्य राजकुमार भुजेलका अनुसार खुकुरी प्रहार गरी गम्भीर घाइते भएका आलेमगरलाई उपचारका लागि चितवन मेडिकल कलेजमा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मृतकको शव चितवनमै राखिएको छ । प्रहरीका अनुसार टाउको र हातमा गम्भीर चोट लागेको थियो ।

सुदिन बेंसीमा आफन्तलाई भेटेर गाउँ फर्किंदै रहेछ । उनी फर्किने बाटोमा कुरिरहेका थापाले मोटरसाइकलमा हिँड्दै गरेका सुदिनलाई प्रहार गरेछन्डीएसपी कार्कीले भने, ‘घटना घटेको केही छिनपछि थाहा पाएर उद्धार गरी चितवन पठाएका थियौं । तर निधन भयो 

ट्याक्टर चलाउदै आएका थापाले खुकुरी प्रहार गरी हत्या गर्नुको कारण खुल्न नसकेको डीएसपी कार्कीले बताउनु भयो ।

हामी घटनास्थलमै छौं । अभियुक्तलाई पक्राउ गरिसकेका छौं । अब अनुसन्धान हुन्छ । त्यसपछि कारण खुल्ला । अहिले केही खुलेको छैन,’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...