HomeFeatureदिगो विकासमा लक्ष्य हासिल गर्नका लागि विशेष कानुन ल्याउनुपर्नेमा सांसदहरुको जोड

दिगो विकासमा लक्ष्य हासिल गर्नका लागि विशेष कानुन ल्याउनुपर्नेमा सांसदहरुको जोड

काठमाडौं, 31 अगस्त 2021

दिगो विकास लक्ष्य हासिल गर्नका लगि छुटै विशेष कानुन ल्याउनुपर्नेमा सांसदहरुले जोड दिएका छ । संघीय संसद राष्ट्रिय सभा अन्र्तगतको दिगो विकास विकास तथा शुसासन समितिका सदस्यहरुले विद्यमान कानुन दिगो विकास लक्ष्य अनुकुलका नभएकाले विकासको लक्ष्य हासिल गर्नका लागि छुटै कानुन बनाउनका लागि आवश्यक पहल गर्न समिति सभापतिको ध्यानाकर्षण गराएका हुन् । मंगलबार सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यहरुले अधिकांश कानुनहरु संघीय संरचनामा लैजानका लागि पञ्चायति कानुनमा आनुसांगिक मिलाउने मात्रै काम भएको भन्दै विद्यमान कानुनलाई दिगो विकासको लक्ष्यबाट अध्ययन गर्नुपर्ने आवश्यकता औल्याएका हुन् । उनीहरुले दिगो विकास लक्ष्य हासिलका लागि छुट्टै र विशेष कानुन ल्याउनु पर्ने भन्दै त्यस तर्फ आवश्यक पहल गर्न सभापतिको ध्यानाकर्षण गराएँ ।समिति सदस्य दिनानाथ शर्माले आनुसांगिक मात्रै मिलाएका कानुनमा संसोधन गर्नुभन्दा छुटै कानुन ल्याउनुपर्ने सुझाव दिनुभयो।

उहाँले भन्नुभयो फलानो ऐनलाई केही संसोधन गर्न पर्ने भएकाले यो विधेयक ल्याईएको छ भनेर मन्त्रीहरुले , ती टाल टुल । ती टालाहरु पनि कोही राता भए कोही पहेला भए । हाम्रा कानुनहरु पुतली कानुन हुन् अहिलेका सबै । यी पुतली कानुनले गर्दा सबैतिर संकट छ । पुराना पञ्चायति कानुनमा आनुसांगिक मिलाउने मात्रै काम भएको छ । त्यसको मर्ममा गएर परिर्वतन नभएका कारणले यो समस्या भएको हो । त्यसैले यसलाई सुधार्न समितिले पहल र कोशिष गरौ।

त्यसैगरी सदस्यहरु महेश कुमार महरा, गंगा बेल्बासे, बिमला घिमिरे, शारदा देवी भट्ट लगायतले छुटै विधेयक बनाउने तर्फ आवश्यक छलफल, अध्ययन र परामर्श गर्न सभापतिको ध्यानाकर्षण गराएका थिए ।

समिति सदस्य महेश कुमार महराले भन्नुभयो विकासका लक्ष्य प्राप्तीका लागि संविधान अनुकुल बनाएर वा शंसोधन गरेर वा समितिले छुट्टै समिति बनाएर के के कानुन संसोधन गर्नुपेर्न छ, कति कानुन संविधन अनुकुल बनाउनुपर्नेछ वा नयाँ कानुन बनाउनुपर्नेछ भन्नेमा समिलिे अनुसन्धान विज्ञसहितको उपसमिति बनाएर अध्ययन गर्नुपर्ने हुन्छ त्यस तर्फ सभापतिको ध्यानाकर्षण गराउन चाहन्छु ।

समिति सदस्य गंगा बेल्बासेले भन्नुभयो दिगो विकास लक्ष्यका लागि विधेयक नै ल्याउने तयारी गर्नुपर्छ । समितिले नै पेश गर्ने गरि विधेयक बनाउने गरि अध्ययन बहस गर्नुपर्छ । कानुनहरु नै बनाएर अघि बढ्दा लक्ष्य प्राप्ती गर्न सहज हुन्छ र समितिले नै त्यसका लागि प्रयत्न गर्नुपर्छ ।

समिति सदस्य बिमला घिमिरेले भन्नुभयो हामीले संविधान अनुकुल नै ऐन कानुन बनाएका छैनौ । कतिपय कानुन बनेका छन् तर व्यवहारमा लागु गर्न सकेका छैनौ । त्यसलाई अध्ययन गरेर समितिले सरकारलाई निर्देशन दिन पर्छ नै । समितिबाट नै विधेयकहरु प्रस्तुत गर्न सक्छौ । त्यसो गरियो भने संस्थागत रुपमा अघि बढ्न सक्छौ सजिलो हुन्छ कि । तर कुन कुन बुँदा दिगो विकास लक्ष्यका बाधक हुन् भन्ने छलफल गरि अघि बढ्छु पर्छ

शारदा देवी भट्टले विद्यमान कानुन संसोधन भएमात्रै दिगो विकास लक्ष्य हासिल गर्न सकिने भन्दै त्यस तर्फ समितिले पनि थप सक्रियता देखाउनुपर्नेमा सभापतिको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो राणा शासन देखि कानुन विद्यमान रहेको कानुन शंसोधन हुनुपर्छ । तब मात्रै मानव दिगो विकासका लक्षयहरुलाई सघाउ पुग्नु को साथै १७ वटा लक्ष्य पछ्याउँछ ।

छलफलपछि समितिले विद्यमान कानुनहरुलाई दिगो विकास लक्ष्य अनुरुप संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ । अधिकांश कानुनहरु नयाँ संविधान जारी हुनु पहिला, दिगो विकास लक्ष्य अनुमोदन गर्नुपुर्व बनेकाले ती कानुनहरुले दिगो विकासका लक्ष्यहरुलाई सम्बोधन गर्न नसक्ने ठहर समितिले गरेको छ । दिगो लक्ष्य कार्यान्वयन गर्न तथा अन्तराष्ट्रिय स्तरमा गरेका प्रतिवद्धता पुरा गर्न वाधक वनेका कानुनको पहिचान गरी संशोधन र परिमार्जन गरि कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन दिएको.हो । समय अनुकुलको संरचना, सोच र दृष्टिकोणको समेत ती कानुनहरुमा अभाव देखिएको निष्कर्ष सहित समितिले नयाँ संविधानले निर्धारण गरेका विकास सम्वन्धि नीति, मौलिक हक र कर्तव्य र लक्ष्य संग सबै कानुनाको तादाम्यता मिलाउन पनि भनेको छ । त्यसैगरी दिगो विकास लक्षले नयाँ सोच दृष्टिकोण र आवश्यकता संवोधन गर्न नयाँ कानुनको आवश्यकता औल्याउदै विद्यमान कानुनहरुको परिमार्जन तथता दिगो विकास लक्ष्य अनुरुप शंसोधन गर्न समितिले नेपाल सरकारलाई निर्देशन दिएको सभापति तारादेवी भट्टले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो दिगो लक्ष्य कार्यान्वयन गर्न राज्यले गरेका प्रतिवद्धता पुरा गर्न वाधक वनेका कानुनको पहिचान गरी तिनको संशोधन र परिमार्जन सहित राज्यले घोषणा गरेका कार्ययोजनाको प्रभावकारी कार्यान्वयनको खाका वनाउन यो समिति नेपाल सरकारलाई निर्देशन दिन्छ । अधिकांश कानुनहरु नयाँ संविधान जारी हुनु पहिला, दिगो विकास लक्ष्य अनुमोदन गर्न पुर्व वनेका देखिन्छन । ति कानुनहरुले दिगो विकासका लक्ष्यहरुलाई सम्बोधन गर्न सकिने देखिदैन, तदनुकुलको संरचना, सोच र दृष्टिकोणको समेत ती कानुनहरुमा अभाव देखिन्छ यसो हुदा नयाँ संविधानले निर्धारण गरेका विकास सम्वन्धि नीति, विभिन्न मौलिक हक र कर्तव्यको सुचि र लक्ष्य संग ती कानुनहरुको तादाम्यता देखिदैन । दिगो विकास लक्षले नयाँ सोच दृष्टिकोण र आवश्यकता संवोधन गर्न नयाँ कानुनको आवश्यकता छ । तसर्थ विद्यमान कानुनहरुको परिमार्जन नयाँ संविधान र दिगो विकास लक्ष्यसंग तालमेल मिल्ने गरी संसोधन गर्न यो समिति नेपाल सरकारलाई निर्देशन दिन्छ ।

दिगो विकास लक्ष्यलाई प्राथमिकतामा राख्न सरकारलाई निर्देशन दिनुको साथै निरन्तर दिगो विकासका विभिन्न पक्षमा नीतिगत बहस तथा छलफल केन्द्रीत गरेको समितिले मंगलबार विद्यमान नीति नियम तथा कानुनको अवस्थाका सम्बन्धमा विज्ञसंग छलफल गरेको हो । छलफलमा संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले विद्यमान कानुनहरु दिगो विकास लक्ष्य अनुकुलको नभएको भन्दै अधिकांश कानुन शंसोधन गनुपर्ने आवश्यकता औल्याउनुभयो । संघीय प्रणालीमा आएपछि संघ, प्रदेश र स्थानीय तह भन्ने मात्रै परिर्वतन गरिएका अधिकांश कानुनले दिगो विकासको अवधारणालाई आत्मसाथ नगरेकाले तत्काल शंसोधन, परमार्जन र आवश्यकता अनुसारको नया कानुन बन्न जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो । दिगो विकास लक्ष्य अन्तराष्ट्रिय प्रतिवद्धता र संयुक्त राष्ट्रसंघको घोषणा तथा त्यसमा नेपालले प्रतिवद्धता पनि जारी गरिसकेकाले प्रतिवद्धता पुरा गरे नगरेको अनुगमन गर्ने, नगरेकोमा भए खबरदारी गर्ने र पुरा गर्नका लागि सुझाव दिने काम समेत समितिको भएको भन्दै उहाँले  सरकारले सक्रियता नदेखाएर र्गैह् सरकारी विधेय ल्याउन पनि सकिने सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो समानताको हकको सम्बन्धमा संघीय संसदमा एक तिहाई र स्थानीय तहमा ४० प्रतिशत भनेकाले असमानताको अन्त्य गर्ने हो भने कम्तिमा ५० प्रतिशत महिलाको प्रतिनिधित्व ग्यारेन्टी गर्नुपर्छ । त्यसको लागि कानुन मात्रै होइन संविधान नै संसोधन गर्नुपर्छ । दिगो विकास लक्ष्य हासिल गर्ने हो भने ३ सय ५० भन्दा बढी कानुनसंग यसको सम्बन्ध छ । ती सबै कानुन संसोधन गरेर सम्बोधन गर्ने तिर भन्दा छुट्टै विशेष कानुन ल्याउन जरुरी छ । कोभिड १९ नियन्त्रणका लागि कयौ मुलुले छुट्टै ऐन ल्याए जस्तै गरी हमीले दिगो विकास लक्ष्य हासिल गर्न नया कानुन बनाउनु सर्वथा उपयुक्त  र आवश्यक हुन्छ । यस तर्फ समितिले विशेष अग्रसरता लिन जरुरी छ ।

उहाँले न्यायमा समान पहुच, भोकमरीको अन्त्य, मौलिक हकको प्रत्याभुतिका कतिपय प्रतिवद्धताहरुलाई पुरा गर्न समयानुकुल कानुनमा नै समायोजन गर्न नसक्दा दिगो विकास लक्ष्य पुरा हुन कठिन हुने बताउनुभयो । संविधानको मर्म र संविधानमा उल्लेख भएको विकास नीतिको समायोजन कतिपय ऐनहरुमा नदेखिएको, खाद्य सुरक्षामा मात्रै सिमिति भएको कानुनले खाद्य सम्प्रभुतालाई सम्बोधन गर्न नसकेका, संविधानले आधारभुत शिक्षा मात्रै सम्बोधन गरेको तर गुणस्तरीय शिक्षा दिगो विकासको लक्ष्य रहेको उल्लेख गर्नुभयो ।सडक बोर्ड ऐन २०५८, विकास समिति ऐन २०१३,प्रादेशिक विकास योजनाहरु कार्यान्वयन गर्ने ऐन २०१३, नेपाल खानेपानी सस्थान ऐन २०४६,नेपाल इन्जिनियरिङ परिषद् ऐन २०५५, निर्माण व्यवसायी ऐन २०५५, नगर विकास ऐन २०४५ लगायत अधिकांश ऐनहरु दिगो विकासको अवधारणा अनुकुल छैनन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...