HomeFeatureपर्यटन बोर्ड र टानबीच पर्यटनसम्बन्धि सम्झौता

पर्यटन बोर्ड र टानबीच पर्यटनसम्बन्धि सम्झौता

काठमाडौं, 3 सितम्बर 2021

नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौंता भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) बीच  जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौता भएको हो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले नेपाल पर्यटन बोर्डको गल्ती भए सुझाव दिन तर अन्यथा नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गर्नुभयो । उहाँले राज्यले ध्यान दिन नसकेको बेलामा पर्यटन बोर्डले ७० हजार म्याण्डेजदेखि १ लाख म्याण्डेजको काम खोज्नु भनेको आफैँमा उदाहरणीय काम भएको बताउनुभयो । उहाँले नेपाल एउटै भएकोले विदेशमा गएर प्रचारप्रसार गर्दा एकैप्रकारको प्रचार गर्न अनुरोध गर्नुभयो । प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले यसका लागि बिस्तृत छलफल गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले भन्नुभयो, ‘हाम्रो गल्ती छ भने हामीलाई सुझाव दिनुपर्यो, हामीलाई भन्नुपर्यो, हामी सुध्रिन्छौँ, तर नेगेटिभ टिप्पणी मात्रै गर्नुभन्दा अगाडि आज राज्यले नै त्यति ध्यान दिन नसकेको बेलामा पर्यटन बोर्डले ७० हजार म्याण्डेजदेखि १ लाख म्याडेजसम्मको काम खोज्नु भनेको आफैँमा एउटा उदाहरणीय काम हो जस्तो मलाई लाग्छ, प्रचारप्रसारमा पनि हामी लागि परिरहेका छौँ, कोरोनाको यस्तो बेलामा पनि हामीले नेपाललाई चिनाउन भिडियो, अडियोहरु बनाइरहेका छौँ, हामी अहिले पहिला भन्दा अझै अग्रसर भएर काम गरिरहेका छौँ, संसारभर नै एक प्रकारले नेपाललाई प्रेजेन्ट गर्दा म गएर एक तरिकाले गर्छु, अमेरिकाको दूतावासले अर्को तरिकाले गर्ला, त्यस्तो नहोस्, नेपाल एउटै हो, त्यसलै बरु हामी डिस्कस गरौँ, के कस्तो खालको नेपाल चिनाउन खोजिएको हो ग्लोबली ?हामी कन्फ्यूज नगरौँ, भनेर अहिले नेपाल पर्यटन बोर्डले त्यतातिर पनि काम गरिरहेको छ, पर्यटन बोर्ड मूल उद्देश्य छोडेर बाहिर गएको छैन, हामी पर्यटन व्यवसायीहरु पलायन नभइ काम गरौँ ।

कार्यक्रममा ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन विकासको लागि समूहगत रुपमा काम गरिरहेको बताउनुभयो । उहाँले पर्यटन व्यवसायसँग जोडिएका सबै श्रमीकहरुको सहकार्य र सहयोगमै टानले आफ्नो काम अघि बढाइरहेको जानकारी दिनुभयो । पर्यटन बोर्डसँगको यो सम्झौताको काम टानले दत्तचित्त गर्ने बताउँदै अध्यक्ष सुवेदीले सबै साथीहरुलाई जोडेर अन्तिममा गोल हान्ने काम टानको हातमा रहेको बताउनुभयो ।

अध्यक्ष सुवेदीले भन्नुभयो, ‘हामी नेपाल टुरिजम बोर्डसँग डाइरेक्ली नै इन्भल्व छौँ, हरेक दिन जस्तो यसम्बन्धी विभिन्न विषयवस्तुमा मिटिङ गरिरहेका छौँ, हामी ढिला होइन, ज्वाइन्ट रुपमा काम गरिरहेका छौँ, हिरोको रोल पछि हुन्छ भनेझैँ टानले आफ्ना गतिविधिमा सबै श्रमीक साथीहरुसँग सहकार्य गर्दै आएर अन्तिममा अरु साथीहरुलाई जोडेर अन्तिममा गोल हान्ने काम टानले गरेको छ, हामीले सम्पूर्ण पर्यटसँग रिलेटेड श्रमीकहरुलाई रोजगारी दिनुपर्नेछ, त्यसले टान पनि एउटा पात्र भएको हुनाले टानले यो सम्झौता गरिरहेका छौँ, खासगरी नेपाल टुरिजम बोर्डसँग सहकार्य र रिलेशन बढाउने कुरोमा अहिलेको टानको कार्यसमिति दत्तचित्त भएर लाग्नेछ, तपाईहरुले गरेको कामहरुमा दाहिने हात भएर अगाडि बढ्नेछ, टानको अहिलेको कार्यसमितिको समयवधि केही समय मात्र बाँकी छ, तर आउने कार्यसमितिले पनि हाम्रा गाइडलाइन, पदचापलाई फलो गर्नेछन्, यस अर्थमा पनि हामीले सम्पूर्ण टीमको तर्फबाट यो कार्यक्रमलाई अघि बढाउनेछौँ ।

अध्यक्ष सुवेदीले टानले अब ढिला नगरीकन नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर पर्यटन विकास र प्रवद्र्धनको कामलाई अघि बढाउने बताउनुभयो । टानले के गर्यो भन्ने प्रश्न आइरहेको बताउँदै अध्यक्ष सुवेदीले टान सम्बन्धित सबै निकायसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...