HomeFeatureत्रिचन्द्र कलेज सरकारको बेवास्ताका कारण मेटिने अवस्थामा

त्रिचन्द्र कलेज सरकारको बेवास्ताका कारण मेटिने अवस्थामा

काठमाडौं, 3 सितम्बर 2021

मुलुककै जेठो त्रिचन्द्र कलेज सरकारको बेवास्ताका कारण मेटिने अवस्थामा पुगेको छ । २०७२ सालको महाभूकम्पले भत्काएका भवनहरु समयमै पुनर्निर्माण हुन नसक्दा ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेका कलेजका भवनहरु भत्किएर सकिने अवस्थामा पुगेका छन् । भवनहरु जिर्णोद्धार हुन नसक्दा विद्यार्थीहरु जोखिम मोलेर पढ्न बाध्य छन् । त्रिचन्द्र क्याम्पस भूगर्व शिक्षण विभागका प्रमुख अनन्तप्रसाद गजुरेलका अनुसार कलेजका भवनहरुमा पानी चुहिने, गाह्रो भत्किएको र केही कक्षाहरु पूर्ण रुपमा क्षतिग्रस्त भएर ढलेको छ । उहाँले कलेजका भवनहरुमा २० सेन्टीमिटरसम्मको धाँजा परेको र त्यहाँ जान पनि डरलाग्ने ठाउँमा अहिलेसम्म भवनको जिर्णोद्धार नगरिदिँदा बाध्य भएर कलेजको पठनपाठन सञ्चालन गरिरहनुपरेको बताउनुभयो ।

विभाग प्रमुख गजुरेलले भन्नुभयो, ‘यो भवनको अवस्था दक्षिणपटि म्याथम्याटिक्सको कक्षा सञ्चालन हुने ठाउँ पूर्ण रुपमा क्षतिग्रस्त भएर ढलेको छ, उत्तरपटिको भागमा भूगर्व शिक्षण विभागको ठूलो प्रयोगशाला थियो, कक्षा रुम, ल्याब रुम, जेनेरेटर राखेको रुम थियो, त्यो सबै क्षतिग्रस्त भएर २०७२ सालदेखि हामी त्यहाँ छिर्न सकेका छैनौँ, त्यहाँ धेरै ठूलो धाँजा छ, त्यो नापेर हेर्दा पनि कम्तिमा १५÷२० सेन्टिमिटरको छ, त्यहाँ गयो भने कहिले खस्ला र हामीलाई पुर्ला भन्ने डर हुन्छ, अहिले हामी बसेको भवनमा पनि पानी चुहिएको छ जताततै, कक्षाकोठाहरुमा पानी चुहिएको छ, विद्यार्थीहरुलाई पढाउनलाई धेरै नै कठीन छ, २०७२ को भूकम्पले क्षति भएपछि यो भवनमा रातो स्टीकर टाँसिएको थियो, केही समय यसलाई पूरै छोडेर सरस्वती सदनमा दुःखका साथ सञ्चालन गरेका थियौँ, तर केही सीप नलागेपछि हामी यता सरेका हौँ, तर अहिलेसम्मको स्थितीमा कुनै पनि जिर्णोद्धार भएको छैन, माथिबाट ढुङ्गा खस्छ, विद्यार्थी, शिक्षक र कर्मचारीहरुको सुरक्षाको लागि धेरै जोखिम मोल्नुपरेको छ, यो बाध्यात्मक कुरा हो ।

विभाग प्रमुख गजुरेलले औपचारिक र उच्च शिक्षा थालनी गरेको कलेजको अवस्था अहिले दयनीय रहेको बताउनुभयो । उहाँले २०७२ सालको महाभूकम्पबाट जीर्ण र क्षतिग्रस्त भएको अवस्थालाई हालसम्म कतैबाट पनि प्रवलीकरण गर्न नसक्नु दुखद भएको बताउनुभयो । विभाग प्रमुख गजुरेलले नेपालकै इतिहास बोकेको त्रिचन्द्र क्याम्पसको भवन नबन्दा इतिहासबाटै मेटिने डर भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...