HomeFeatureअविरल वर्षाका कारण काठमाडौंका केही बस्तीहरु डुबानमा

अविरल वर्षाका कारण काठमाडौंका केही बस्तीहरु डुबानमा

काठमाडौं, 6 सितम्बर, 2021

आईतबार रातभर परेको वर्षाका कारण काठमाडौंका केही स्थानका बस्तीहरु डुबानमा परेका छन् । काठमाडौंका नदी किनारमा रहेका बस्तीहरुमा बाढी पसेर जनजीवन अस्तव्यस्त बनाएको छ ।  काठमाडौंको थापाथली, कलंकी लगायतका नदी किनारका बस्तीहरुमा पसेको बाढीले सडक र नदी किनारमा रोकि राखेका सवारीहरु डुबाएको छ भने तरकारी बजार तथा पसलहरु डुबानमा परेका छन् । बल्खुको तरकारी बजारमा पसेको बाढीबाट  करोडौं रुपैयाँ बराबरको नोक्सान भएको बताइएको छ । वागमती, विष्णुमति, धोबिखोला लगायतका अन्य नदीहरुमा आएको बाढीले काठमाडौंमा अहिलेसम्म ४ सय भन्दा धेरै घरहरु डुबानमा परेका छन् भने ५ सय भन्दा बढी मानिसहरुलाई उद्धार गरिएको छ । बाढीले थापाथली, बल्खु तरकारी बजार, अनामनगर क्षेत्र, सुन्दरीघाट र थापाथलीको सुकुम्बासी बस्ती डुबानमा परेको छ ।अविरल वर्षापछि पानीको सतह नदी किनारसम्म पुगेपछि आसपासका सडकहरु अवरुद्ध भएका छन् । अहिले नेपालमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यूनचापिय क्षेत्रको प्रभाव रहेकोले अझै वर्षा हुनसक्ने पूर्वानुमान गरिएसँगै सरकारले नदी किनार आसपासका बासिन्दाहरुलाई शतर्क रहन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...