काठमाडौं, 10 सितम्बर 2021
मुस्ताङ हेलिकप्टरलाई नागरिक उड्डयन प्राधिकरणले नेपाली आकाशमा उडानका लागि अनुमति दिएको छ । बिहीबार प्राधिकरणले कम्पनीलाई उडान अनुमति दिएको हो । कम्पनीले हेलिकप्टरमार्फत रेस्क्यू, चार्टर, कोभिड-१९ का बिरामीको उद्धार, एरियल फोटोग्राफी, कार्गोलगायत सेवा दिने जनाएको छ । अब नेपाली आकाशमा मुस्ताङसँगै उडान भर्नेमा ११ वटा हेलिकप्टर कम्पनी पुगेका छन् ।









































