HomeFeature४ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खुला

४ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खुला

काठमाडौं, 10 सितम्बर 2021

हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथको मन्दिर भक्तजनहरुका लागि खुला गरिएको छ । कोरोना भाइरस महामारीको जोखिमका कारण ४ महिनादेखि बन्द रहेको पशुपतिनाथको मन्दिर आज (शुक्रबार) बिहान ६ बजेबाट भक्तजनहरुका लागि खुला गरिएको हो । पशुपतिनाथको मुख्य मन्दिर खुलेपछि पाशुपत क्षेत्रमा रहेका गुह्वेश्वरीलगायतका मन्दिरहरु पनि खुला भएका छन । मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरुले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने र एकपटकमा २५ जना भक्तालुहरुलाई मात्रै मन्दिर प्रवेश गराइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोरोना भाइरसको तेस्रो लहर आएको भन्दै गत वैशाख १० गतेबाट भक्तजनहरुका लागि बन्द गरिएको मन्दिरमा पुजारीहरुले दैनिक नित्य पूजा मात्रै गर्दै आएका थिए । कोरोना महामारीको जोखिमका कारण लामो समय बन्द गरिएको पशुपतिनाथको मन्दिरमा बिहीबार क्षमापूजा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...