HomeFeatureअमेरिकासंग नेपाल ५ विकेटले पराजित :सिरिजमा सुखद सुरुआत

अमेरिकासंग नेपाल ५ विकेटले पराजित :सिरिजमा सुखद सुरुआत

काठमाडौं, 14 सितम्बर 2021

कुशल र रोहितको ब्याटिङ चल्दा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा अमेरिकालाई पराजित गर्यो । सम्हालएको ब्याटिङ प्रदर्शन गरेका युवा ब्याट्सम्यान कुशल र रोहितले कीर्तिमान पनि बताएका छन् । दुबैले आउँदा खेलमा पनि टोलीका लागि अझै मिहिनेत गर्ने बताए । ओमानको अल अमिरात क्रिकेट मैदानमा सोमबार नेपालले अमेरिकालाई ५ विकेटले पराजित गर्दै सिरिजमा सुखद सुरुआत गर्यो । २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्दा नेपालले शानदार जित निकालेको हो । सिरिजको सुखद सुरुआत गर्ने क्रममा ओपनर कुशल भुर्तेल र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे । कुशल भुर्तेलले ८४ रनको अर्धशतकीय इनिङ्स खेल्दा ९३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । युवा ब्याट्स म्यान कुशलले करियरकै पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक समेत बनाएपछि टोलीका लागि खेल्न पाउँदा खुसी लागेको बताए । आफु शतकबाट चुकेको भएपनि टिमको तिज निकै महत्वपुर्ण रहेको र त्यसमा नै खुसी रहेको बताए । सुरुआत राम्रो गरेको नेपालका लागि कुशलले पहिलो विकेटका लागि आसिफ शेखसँग ६६ रनको साझेदारी गरेका थिए । नेपाली क्रिकेटको एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको कीर्तिमानी साझेदारी हो । तेस्रो नम्बरमा आएका रोहित कुमार पौडेलले ६२ रनको अविजित अर्धशतकीय इनिङ्स खेल्दै नेपाललाई जित तर्फ डोराएका थिए । यस क्रममा पौडेलले लगातार दोस्रो अर्धशतक पूरा गर्दा खुसी लागेको बताए । उनले सुरुआत अलि ढिला भएपनि अन्त्यतिर लयमा आएको बताए । यस्तै नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ले नेपालको दुबै ब्याटिङ र बलिङमा नेपालको प्रदर्शन राम्रो भएको प्रतिक्रिया दिए । खेलमा ब्याटिङ गर्न सजिलो  देखिएपछि रन लिनलाई कठिन भएको प्रतिक्रिया कप्तान ज्ञानेन्द्र मल्लले दिए । घरेलु टोलीसँगको प्रतिस्पर्धा चुनौति पूर्ण रहेको ज्ञानेन्द्रले बताए। सिरिज अन्तर्गत आजै नेपालले आयोजक ओमानसँग प्रतिस्पर्धा गर्दै छ । कठिन मानिएको टोलीविरुद्ध नेपालले नेपाली समय अनुसा दिउसो ४:१५ बजे प्रतिस्पर्धा गर्दै छ । लिग–२ को सिरिज अन्तर्गत नै नेपालले घरेलु मैदानमा ओमानसँग दुई खेल खेलेको थियो । दुबै खेलमा नेपाल पराजित भएको थियो । सोही कारण नेपाली टोली सुखद नतिजाको खोजीमा मैदान उत्रिनेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...