HomeFeatureगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अन्तिम चरणमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अन्तिम चरणमा

रुपन्देही, 14 सितम्बर 2021

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत भइसकेको छ भने वित्तिय प्रगति पनि ७७ प्रतिशत काम सम्पन्न भइसकेको हो । अब विमानस्थलमा साना केही प्राविधिक कामहरु मात्रै बाँकी रहेकोले आइसीपी जिरो २ ठेक्का सम्झौताअनुसार थाइल्याण्डको एरोथाइ कम्पनीले प्राविधिक पठाए १० दिनमै विमानस्थलको सबै काम सम्पन्न हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख ईन्जिनियर प्रवेश अधिकारीले बताउनुभयो । प्रमुख ईन्जिनियर अधिकारीका अनुसार अब टर्मिनल बिल्डिङ भित्रको फन्सिलिङसँग रिलेटेड कामहरु र फर्निचर फर्निसिङ्सका कामहरु मुख्य बाँकी छन् । उहाँले क्यालिब्रेशन फ्लाइटका लागि जडान गरेका उपकरणहरुलाई सही सूचना दिने तरिकाले सेट गर्ने कामहरु कोरोना भाइरसका कारण थाईल्याण्ड सरकारले प्राविधिकलाई आउन नदिएकोले अड्किएको बतानउनुभयो । प्राविधिक कामहरुलाई सम्पन्न गर्नको लागि सरकारले थाईल्याण्ड सरकारसँग कुटनीतिक पहल थालेको पनि प्रमुख ईन्जिनियर अधिकारीले बताउनुभयो ।

प्रमुख ई. अधिकारीले भन्नुभयो, ‘अहिले आयोजना अन्तर्गतका मुख्य भौतिक संरचना निर्माणको काम करिव सम्पन्न भइसकेको छ, यद्यपी हामसँग केही साना प्राविधिक कामहरु बाँकी छन्, जस्तै त्यसमा मुख्यतया हाम्रो ठेक्का सम्झौताअनुसार २ वटा प्याकेजमा ठेक्का सम्झौता पाएको हो, पहिलो प्याकेज चिनियाँ कम्पनी नर्थ वेश सिभिल एभिएसन एयरपोर्ट कन्सट्रक्सन ग्रुपले गरेको थियो, त्यसलाई हामी आइसीपी जिरो वान भन्छौँ, त्यो अन्तर्गतको मुख्य काम अब बाँकी भनेको टर्मिनल बिल्डिङ भित्रको फन्सिलिङसँग रिलेटेड कामहरु र फर्निचर फिनिसिङ्सका कामहरु मुख्य बाँकी कामहरु पर्छ, त्यो बाहेक आइसीपी जिरो २ ठेक्का सम्झौताअनुसार थाइल्याण्डको एरोथाइ कम्पनीले लिएको थियो, त्यो अन्तर्गतको उपकरण जडानका मुख्य कामहरु सम्पन्न भइसकेर हामीले क्यालिब्रेशन फ्लाइट, जुन हामीले जडान गरेका उपकरणहरुलाई सही सूचना दिने तरिकाले सेट गर्ने कामहरुको लागि कोभिड१९ को कारणले गर्दा थाई गभर्मेण्टको हेल्थ प्रोटोकल छ, त्यसले गर्दा आफ्ना प्राविधिकलाई विदेश जान अनुमति नदिएको कारणले क्यालिब्रेशन फ्लाइटको मिति यकिन गर्न नसकिएको अवस्था छ, सामान्यतया हेर्दा आयोजनाको कामहरु टुंगिदो क्रममा हो । मात्र एक,दुई वटा कामहरुले गर्दा आयोजना कम्प्लिट रुपमा सम्पन्न नभएको अवस्था छ, यसको लागि विभिन्न चरणमा एरोथाइ कम्पनीहरुसँग छलफल भइरहेको छ, कुटनीतिक पहल पनि गरेको हो, मन्त्रालय विभागले राष्ट्रिय गौरवको आयोजनाका निर्देशनालय जुन काठमाडौंमा छ, त्यसले पनि रेगुलर रुपमा कोर्डिनेशन गरिरहेको छ, यदी थाइल्याण्डबाट ल्याउने वातावरण सिर्जना भएन भने अन्य देशबाट ल्याउन सकिन्छ कि भनेर गभर्मेण्ट अगाडि बढीरहेको अवस्था छ, सम्भवतः छिटै यो विषयमा नीति तय गर्न सकिन्छ कि भन्ने अनुमान हाम्रो छ ।

प्रमुख ईन्जिनियर अधिकारीले अहिले बनिरहेको टर्मिनल बिल्डिङ रिलेटिभ रुपमा सानो भएको सरकारको अनुमान रहेकोले यसलाई ठूलो बनाउनुपर्ने विषयमा अध्ययन भइरहेको बताउनुभयो । उहाँले यो टर्मिनल बिल्डिङले मात्र ४ सय सेवाग्राहीलाई मात्र सेवा दिनसक्ने भएकोले अन्तर्राष्ट्रि विमानस्थलका लागि यो पर्याप्त नहुने भन्दै नेपाल सरकार र  नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल बिल्डिङ बनाउने विषयमा अध्ययन गरिरहेको बताउनुभयो । प्रमुख ईन्जिनियर अधिकारीले अहिलेका लागि आवश्यक पर्ने प्राविधिक जनशक्ति ल्याउने हो भने हप्ता १० दिनमै सबै काम सकिने बताउनुभयो ।

प्रमुख ईन्जिनियर अधिकारीले भन्नुभयो, ‘टर्मिनल बिल्डिङ रिलेटिभ अहिले जुन हामीले बनिरहेको टर्मिनल देख्छौँ त्यो रिलेटिभ रुपमा अलिकति सानो लाग्ने भएको र क्यापासिटीको हिसावले पनि प्रतिघण्टा ४ सय प्यासेन्जरलाई सर्भिस दिनसक्ने भएको कारणले गर्दा इन्टरनेशनल एयरपोर्टको लागि यो इन्टरनेशनल टर्मिनल बिल्डिङ रिलेटिभ सानो हुन्छ भन्ने तरिकाले नेपाल सरकार, नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल बिल्डिङ चाहिन्छ भन्ने तरिकाले आफ्नो अध्ययन अनुसन्धान अगाडि बढाएको अवस्था छ, करिवकरिव डिजाइन टुंगिदो क्रममा होला, बाँकी कामहरु अघि बढीसकेपछि मात्रै कहिलेबाट काम शुरु हुन्छ भन्ने कुराहरु यकिन गर्न सकिन्छ । हामीलाई आवश्यक पर्ने जनशक्ति आउनुभयो भने यो हप्ता दिनदेखि १० दिनसम्मको काम हो, अरुले रोकिँदैन ।

प्रमुख ईन्जिनियर अधिकारीले विदेशबाट दक्ष जनशक्ति र जहाजसहितको उपकरण ल्याउन नस्क्दा क्यालिब्रेशन फ्लाइट अनिश्चित बनेको बताउनुभयो । विमानस्थलमा क्यालिब्रेशन फ्लाइट भएको करिव तीन महिनापछि अन्तर्राष्ट्रिय उडान शुरु गर्ने जनाइएको छ । राडर र फ्लाइट प्रणाली (धावन र आकाश) को तथ्यांक चेकजाँच गर्न क्यालिब्रेशन फ्लाइट गरिन्छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...