HomeFeatureविनियोजन विधेयक संसदको आगामी बैठकबाट पारित हुने  लक्ष्मणलाल कर्णको विश्वास

विनियोजन विधेयक संसदको आगामी बैठकबाट पारित हुने  लक्ष्मणलाल कर्णको विश्वास

काठमाडौं, 14 सितम्बर 2021

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले विनियोजन विधेयक संसदको आगामी बैठकबाट पारित हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ सांसद कर्णले सरकारले पेश गरेको विनियोजन विधेयक संसदको असोज ४ गते बस्ने बैठकले पारित गर्ने विश्वास व्यक्त गर्नुभएको हो । उहाँले असोज ४ गतेसम्म बजेट सञ्चालन गर्नमा पनि कुनै बाधा नपर्ने टिप्पणी पनि गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘यो अध्यादेशबाट आएको कारणले प्रतिस्थापन विधेयक पेश भइसकेको छ । प्रतिस्थापन विधेयक पेश भइसकेको कारणले त्यो ६० दिनमा अन्त्य हुँदैन । र बजेट यहाँबाट पास हुन्छ भने मलाई लाग्छ ४ गते राखेको छ भैहाल्छ । बजेट सञ्चालन गर्न बाधा पर्दैन ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद सोमप्रसाद पाण्डेले किसानहरुलाई मलको समस्या पर्न थालेकाले सरकारले तुरुन्त मलको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । मन्त्रालयमा मन्त्री नभएको भन्ने बहानामा मलको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो । हाल अन्तर्राष्ट्रिय बजारमा मलको अभाव नभएको भएपनि नेपालमा व्यवस्थापनको कमजोरीको कारण मलको अभाव हुन पुगेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘मलको निम्ति, कृषि अनुदानको निम्ति सरकारले पैसा यलोकेट गर्न र तत्काल व्यवस्था गर्न कुनै कमी गर्दै गर्दैन । यसमा सम्बन्धित निकायको बढी ध्यान पुग्नुप¥यो । अहिले मन्त्री छैन भनेर मन्त्रीलाई देखाएर अथवा सरकारमा बजेट छैन भनेर भन्न पाइदैन । त्यसको निम्ति व्यवस्थापकीय पक्षले तयारी गर्नुपर्छ र मल समयमै ल्याउनुपर्छ ।

नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले मन्त्रीमण्डल विस्तार पछि सरकारले मलको समस्या र उखु किसानको समस्यालाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल कृषि प्रधान देश भनिएपनि राज्यले कहिलेपनि कृषिको समस्या समाधान गर्ने नीति, कार्यक्रम ल्याउन नसकेका कारण किसानहरु मारमा पर्ने गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...