HomeFeatureपर्यटक आउने सहज ब्यबस्था मिलाउनु पर्छ:  होटल व्यवसायी

पर्यटक आउने सहज ब्यबस्था मिलाउनु पर्छ:  होटल व्यवसायी

काठमाडौं, 16 सितम्बर 2021

पर्यटन व्यवासायीहरुले सरकारले तत्काल पर्यटकहरुलाई नेपाल आउने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् । कोरोना महामारीको जोखिम कम भइरहेकोले सरकारले पर्यटकका लागि सहजता प्रदान गर्न अन अराइभलको भिसा र क्वारेन्टाइनका कुराहरुमा सहजता प्रदान गर्नुपर्ने माग राखेका हुन् । होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले अन्य देशहरुमा पर्यटकका लागि भिसा दिइरहेको बताउँदै नेपालले पनि चीन,  भारत र अन्य मुलुकका पर्यटकहरु भित्राउन सरकारले सहजता प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले पर्यटनको बजार बढाउनका लागि अब ढिला भइसकेको भन्दै सरकारले पर्यटकहरुका लागि घोषणा गरेको १० दिनको लागि पर्यटन कागज कार्यविधि बनाएर लागू गर्नुपर्ने,  विदेशी पर्यटकलाई महिना दिनको फ्रि भिसा लगायतका कुराहरुलाई कार्यविधि बनाएर तत्काल निर्णय गर्नुपर्ने व्यवसायीहरुको माग रहेको बताउनुभयो ।

प्रथम उपाध्यक्ष शाहले भन्नुभयो, ‘हामी सर्भिस इण्डस्ट्री हौँ, हामीले देश तथा विदेशबाट आउने पर्यटकहरुका लागि हामीले उहाँहरुले खोजेजस्तो सेवा दिन सकेनौँ भने हामीकहाँ आइरहने ग्राहकहरु हराउँछन्, जसले जति खर्च गर्नुहुन्छ, त्यो अनुसारको सेवा हामीले दिनैपर्छ, त्यसलै हामीले एकदमै कम्पिटिटिभ भएर काम गर्नुपर्छ, अहिले सबै मात्रामा कामदारहरु पनि आइरहनुभएको छैन, ठूला होटलहरुको पनि लगानी बढेर गएको देखिन्छ, बिजनेश छैन, एक,दुईवटा बिजनेश हुँदा पनि उसले घटाघट गर्ने अवस्था जस्तो देखिएको छ, अहिले सस्तोमा गरेर भएपनि केही टिक्न सकिन्छ की भन्ने हिसावले पनि मान्छे हेरिरहेका छन्, यो विषम परिस्थिती हो, हामीले बजार बढ्ने कामहरु गर्नुपर्यो, सरकारले घोषणा गरेको कुरा पर्यटकलाई १० दिनको पर्यटन कागज भनेको छ, यसको कार्यविधि बनेको छैन, यो बनाएर तत्काल निर्णय गर्नुपर्यो, त्यस्तै विदेशी पर्यटकलाई महिना दिनको फ्रि भिसा भनेको छ, यसको पनि कार्यविधि अहिलेसम्म बनेको छैन, अक्टोबर, नोभेम्बरमा नेपाल आउन चाहने पर्यटकहरु आधाले क्यान्सिल गरिसके, किनभने हामीसँग आजको दिनसम्म अन अराइभल भिसा छैन, भिसा सहज बनाउने अवस्था छैन, धेरै मानिसहरु आउन खोज्नुभएको थियो, माउन्टेन ट्रेकिङको लागि नेपाल प्रख्यात भएकोले आउन चाहेका थिए, अहिले भ्याक्सिन लगाएका मानिसहरु हाम्रोमा आउने र हाम्रो कर्मचारी पनि भ्याक्सिन लगाइसकेको हुनाले आत्मविश्वास बढेको छ, यसलाई मध्यनजर गरेर सरकारले सक्दो चाँडो अन अराइभल भिसा, क्वारेन्टाइनका कुराहरु हटाउने, भारत  र चीनका सीमानाकाहरु खोलिदिनुपर्यो, अरु सबै देशले खोलिसके, हामी धेरै पछि परेका छौँ, सरकारले तत्काल यसमा निर्णय गरोस्, सीसीएमसीमा पनि हामीले यी कुरा राखिसकेका छौँ, सीसीएमसीले पनि भनिसकेको भनिएको छ, हामी सरकारको निर्णयको पर्खाइमा छौँ ।’

होटल पबेराका सञ्चालक राधेश्याम थापाले कोरोनाका कहर बिस्तारै कम भइरहेकोले अब पर्यटन क्षेत्र पनि बिस्तारै खुल्दै जाने बताउनुभयो । उहाँले नेपालको सौन्दर्यताको चर्चा धेरै भएकोले अब पर्यटकहरु आउने कुरामा आशावादी रहेको बताउनुभयो ।

होटल पबेराका सञ्चालक राधेश्याम थापाले भन्नुभयो, ‘यो बिजनेश भनेको लगानी गर्ने बित्तिकै तुरुन्तै फाइदा हुने बिजनेश त पक्कै पनि होइन, समयले यसलाई असर गरेको छ, बिस्तारै केही होला भन्ने आश छ, नेपाल एकदमै सुन्दर मुलुक छ, कि पर्यटकले पनि स्विट्जरल्याण्ड बिर्साउने देश भन्ने गरेका छन्, बिस्तारै सबै खुल्ला भएपछि राम्रो हुनेमा आशावादी छु ।’

त्यस्तै रमदा इन्कोरकी मार्केटिङ म्यानेजर प्रज्ञा खनालले कोरोनाको कारण थलिएको पर्यटन क्षेत्रले अब गति लिने बताउनुभयो । उहाँले नेपालमा आउने अधिकांश पर्यटक भारत र चीनका भएकोले भारत चीनका पर्यटकहरुका लागि सहजता प्रदान गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी अन्य होटलहरु भन्दा फरक छौँ, पर्यटकहरुलाई रिसाएर होइन, जुन बेला आएपनि काम गर्दै रमाइलो गर्ने व्यवस्थापकीय हामीसँग छ, हाम्रो देशमा धेरै आउने पर्यटकहरु भनेको चीन र भारतका हुन्, साथै भारतमा रमदाका ५२ वटा भन्दा धेरै होटेल्स छन्, त्यसैले भारतीय पर्यटकहरुलाई रमदा फेमिली इन्भारमेण्ट जस्तो लाग्छ ।’

पर्यटकका लागि सहजता प्रदान गरे मात्र पनि लाखौँ पर्यटन व्यवसायीहरुको जनजीवनमा परिरहेको शंकट टर्ने भन्दै म्यानेजर खनालले पर्यटकहरुका लागि नयाँपन, नयाँ स्वाद दिलाउन आवश्यक रहेको बताउनुभयो । कोरोनाका कारण डेढ वर्ष यता थला परेको पर्यटन तथा होटल व्यवसायलाई निर्वाध रुपमा सञ्चालन गर्ने व्यवस्था सरकारले मिलाइदिनुपर्ने व्यवसायीहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...