HomeFeatureवर्तमान सत्ता गठबन्धनलाई लोभि-पापीहरुको संज्ञा: रायमाझी

वर्तमान सत्ता गठबन्धनलाई लोभि-पापीहरुको संज्ञा: रायमाझी

काठमाडौं, 16 सितम्बर 2021

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सत्ता गठबन्धनलाई लोभि-पापीहरुको संज्ञा दिनुभएको छ । बिहीवार रिपोर्टर्स क्लवमा पूर्व उपप्रधानमन्त्री रायमाझीले बिना कुनै आधारमा सर्वसत्तावादी र चरम अराजकतावादी चिन्तनको आधरामा सरकार चलाउन खाजेको भन्दै वर्तमान सत्ता गठबन्धनलाई लोभिपापीहरुको संज्ञा दिनुभएको हो । उहाँले लोभीपापीहरुको झुन्ड र व्यक्तिको स्वार्थका कारण नै दुई महिना भन्दा धेरै समयमा मन्त्रिपरिषद्ले पूर्णता नपाएका बताउनुभयो । सत्ता गठबन्धन चुनावमा जानका लागि डराएको भन्दै पूर्व उपप्रधानमन्त्री रायमाझीले कम्युनिष्ट भन्दै काँग्रेसको घोषणा पत्र बोकेर हिँड्नेलाई कम्युनिष्ट भन्न नमिल्ने बताउनुभयो ।

पूर्व उपप्रधानमन्त्री रायमाझीले भन्नुभयो, ‘लोभिपापीहरुको यो गठबन्धन हो, जसरी पनि सत्तामा पुग्ने लोभिपापीहरु, कुनै बेस बिनै गइरहेका छन्, कुनै आधार हुन्छ सरकारमा पुग्नको लागि, जनताले दिएको जनादेश हुन्छ, जनादेशको खिलाफमा जुन किसिमको एउटा सर्वसत्तावादी, चरम अराजकतावादी चिन्तनको आधारमा जुन सरकार चलाउन खोजिएको छ, त्यो नेपाली जनताले छर्लङ्ग देखेका छन्,दुई महिनाभन्दा बढी भइसक्यो, अझै सरकारको मन्त्रीपरिषद्ले पूर्णता पाएको छैन,यो के कारण हो ?लोभिपापीहरुको झुन्ड भएको कारणले होइन, लोभिपापीहरुको कारणले होइन, सत्ता लुछाचुँडीहरुको कारणले होइन, सत्ता स्वार्थको कारणले होइन, लुटपाटको इच्छा वा चिन्तनको राखिएको कारणले होइन ? यो राष्ट्र र जनता भन्दा आफ्नो स्वार्थ र गुटको स्वार्थ, व्यक्तिको स्वार्थको कारणले यो सबै भइरहेको छ, त्यसकारण को सही को गलत तुलनात्मक रुपमा विचार गर्नुपर्ने बेला भएको छ, कम्युनिष्ट हुँ भन्दै काँग्रेसको पुच्छर बनेर काँग्रेसको घोषणा पत्र बोक्नेलाई कसैले कम्युनिष्ट भन्छ ।

पूर्व उपप्रधानमन्त्री रायमाझीले पार्टीले उठाएका माग पूरा नभएसम्म संसद अवरुद्ध गरिरहने बताउनुभयो । उहाँले सभामुख अग्निप्रसाद सापकोटाले एउटै केसमा दुईवटा मापदण्ड देखाएको भन्दै सभामुखले नैतिक रुपमा राजीनामा दिनुपर्ने बताउनुभयो । उहाँले दुई महिना बितिसक्दा समेत सभामुखले नेकपा एमालेले कारबाही गरेका १४ जना सांसदको नाम नटाँसेको भन्दै यो कदम सभामुखले पार्टीको कायकर्ता भएर चालेको आरोप लगाउनुभयो ।

पूर्व उपप्रधानमन्त्री रायमाझीले भन्नुभयो, ‘यो देशमा जनप्रतिनिधि, जनादेशको केही औचित्य रह्यो, सर्वोच्चले प्रधानमन्त्रीलाई परमादेशबाट टीको लगाएर पाठाएपछि सांसद र पार्टीको कुनै औचित्य छ ? यो संविधानको रक्षा, कार्यान्यन भयो कि रद्दीको टोकरीमा फालियो ? यस्तो किसिमको संविधान र लोकतन्त्र बिरोधी कामहरु भएका छन्, केही सांसदलाई पार्टीले कारबाही गर्दा ह्वीप लागेन, कारबाही भएन, त्यही केसमा हामी कारबाहीमा परेर सांसद पद गुम्यो, एउटै केसमा दोहोरो मापदण्ड संसारमा कहीँ हुन्छ ? त्यसैले ती सभामुखले नैतिक रुपमा पनि राजीनामा दिनुपर्छ कि पर्दैन ? सभामुख बन्दा पार्टीको होइन, पार्टी त्यागेर बन्नुपर्छ, एउटै घटनामा सांसदहरुलाई दुईथरी मापदण्ड गरियो यसकारणले यस्तो सभामुखको नेतृत्वमा जो काम भइरहेको छ, देशमा अत्याचार भइरहेको छ, यसको विपक्षमा पार्टीले जुन बिरोध गरेको छ, त्यो जायज छ ।

पूर्व उपप्रधानमन्त्री रायमाझीले सरकारले एमसीसबारेमा आफ्नो स्थिती क्लियर गर्नुपर्ने बताउनुभयो । उहाँले सरकार आफैँ अलमलमा रहेको भन्दै सरकारले एमसीसीबारे प्रश्ताव नै ल्याउन नसकेको टिप्पणी गर्नुभयो । उहाँले एमसीसी पास गर्दा संसदमा गएपछि देशको राष्ट्रिय सहमति जुटाउँदा राम्रो हुने बताउनुभयो । उहाँले राष्ट्रिय हित बिपरित्का प्रावधानलाई सच्याएर राष्ट्रिय सहमति जुटाउँदा राम्रो हुने बताउनुभयो ।

पूर्व उपप्रधानमन्त्री रायमाझीले भन्नुभयो, ‘एमसीसीबारे सरकारे पहिला आफ्नो स्थिती क्लियर गर्नुपर्छ, सरकार आफैँ अलमलमा छ,सरकारले एमसीसीबारे प्रश्ताव नै ल्याउन सकेको छैन, प्रश्ताव ल्याउनुपर्यो नि, हामीले अहिले बोलेर केही हुने पनि हुने होइन, संसदमा गएपछि देशको राष्ट्रिय सहमति जुटाउँदा राम्रो हुन्छ, राष्ट्रिय हित बिपरित्का प्रावधानलाई सच्याएर राष्ट्रिय सहमति जुटाउँदा राम्रो हुन्छ ।

पूर्व उपप्रधानमन्त्री रायमाझीले मुलुकमा अहिले कुनै पनि एजेण्डा नै नभएको भन्दै मुलुक अहिले पनि प्रतिगमनतिर गइरहेको बताउनुभयो । उहाँले संसद औचित्यविहीन भएकोले तत्काल निर्वाचनमा जानुपर्ने औँल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...