HomeFeatureनेपालकै ठूलो डान्स रियालिटी शो कार्तिक ११ बाट शुरु

नेपालकै ठूलो डान्स रियालिटी शो कार्तिक ११ बाट शुरु

काठमाडौं, 16 सितम्बर 2021

आउँदो कार्तिक ११ गते बिहीवारदेखि नेपालकै ठूलो ‘रियालिटी डान्स च्याम्पियन शो’ हुने भएको छ । इन्टरनेशनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा.लि.द्वारा कि एडभर्टाइजिङ सर्भिस प्रा.लि.का लागि आगामी कार्तिक ११ गतेबाट ‘रियालिटी डान्स च्याम्पियन शो’ शुरु हुने भएको हो । उक्त मेगा शो कान्तिपुर टेलिभिजनबाट प्रशारण हुनेछ । कार्यक्रमको मार्केटिङ कि एडभर्टाइजिङ सर्भिस प्रा.लि.ले गर्ने भएको छ । काठमाडौंको द एभरेष्ट होटलमा भएको पत्रकार सम्मेलनमा कि एडभर्टाइजिङ र कान्तिपुर टेलिभिजनबीच सम्झौता गर्दै कार्यक्रम शुभारम्भको घोषणा गरिएको हो । कार्यक्रममा कि एडभर्टाइजिङ सर्भिस प्रा.लिका अध्यक्ष रविन्द्रकुमार रिजालले यस मेगा शोमा १६ वर्ष भन्दामाथि र ४५ वर्ष भन्दा मुनिका प्रतिष्पर्धीलाई भाग लिन दिइने बताउनुभयो । उहाँले दशैँपछि रियालिटी शो शुरु हुने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यस मेगा शोमा १६ वर्ष भन्दामाथि र ४५ वर्ष भन्दा मुनिका प्रतिष्पर्धीलाई भाग लिन दिइनेछ, यो सबैका लागि हो तर पनि यो उमेर समूहका प्रतिष्पर्धीहरुलाई प्राथमिकतामा राखिएको छ, अहिले कान्तिपुर टेलिभिजन र कि एडभर्टाइजिङ सर्भिस प्रा.लि.बीच सम्झौत भएको हो, त्यसैले धेरै भन्न सकिने अवस्था छैन, हामी डान्स शो दशैँपछि शुरु गर्छौं ।

उक्त मेगा शो प्रत्येक बिहीवार र शुक्रवार गरी हप्ताको दुई दिन बेलुकी ९:०० बजे प्रशारण हुनेछ। डान्स च्याम्पियनका निर्णयकमा नायिका निरुता सिंह, कोरियोग्राफर जगत रावल र डान्सर आस्मा विश्वकर्मा रहनुभएको छ । त्यस्तै कार्यक्रम प्रश्तोताको रुपमा उमेश राई (फुलन्देकी आमा) रहनुभएको छ । ३२ भागको यो कार्यक्रम धनराशी २५ लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...