HomeFeatureअबको एक हप्ताभित्र मन्त्रीपरिषद् बिस्तार हुने: नेपाल

अबको एक हप्ताभित्र मन्त्रीपरिषद् बिस्तार हुने: नेपाल

काठमाडौं, 17 सितम्बर 2021

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अबको एक हप्ताभित्र मन्त्रीपरिषद् बिस्तार हुने बताउनुभएको छ । बानेश्वरको आलोकनगरमा पार्टीको केन्द्रिय कार्यालय उद्घाटनपछि अध्यक्ष नेपालले अबको एक हप्ता भित्रमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको हो । उहाँले सरकार र संसदमा आफ्नो पार्टीको भूमिका सत्ता पक्षको भएको बताउँदै प्रदेश र संघीय सरकारमा पार्टी सहभागी बन्ने बताउनुभयो । अध्यक्ष नेपालले सत्ता गठबन्धनको महत्वपूर्ण हिस्सा एकीकृत समाजवादी भएको समेत दाबी गर्नुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘अब संसद र सरकारमा हाम्रो भूमिका स्वभाविक रुपमा सत्तापक्षको रुपमा रहनेछ, किनभने हामी गठबन्धन दलको महत्वपूर्ण हिस्सा हौँ, यसर्थमा हाम्रो भूमिका सरकार सञ्चालनमा रहनेछ, सहयोगी रहनेछ, सहकार्य गर्नेछौँ, सँगै अगाडि बढ्नेछौँ, सरकारमा हामी सामेल हुनेछौँ, हामी प्रदेश, संघीय सरकारमा सामेल हुनेछौँ,एक नम्बर र ३ नम्बर सरकारको पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछौँ, र सातै वटा सरकारमा पनि हाम्रो सहभागिता रहनेछ, प्रत्येक प्रदेशमा रहेको संसदीय दलहरुलाई त्यहाँ रहेको स्थानीय निकायमा निर्वाचित प्रतिनिधिहरुलाई सहकार्य गर्न तयार भए सहकार्यको संस्कृति लिएर जानेछौँ, हाम्रो बिरुद्धमा गलत आरोप र भ्रम पैदा गर्छन् त्यसको हामी सशक्त खण्डन गर्नेछौँ, त्यसलाई चिर्नेछौँ, यसर्थमा पनि सरकारले केही दिन भित्रमै पूर्णता पाउनेछ, संसदको बैठक ४ गते र हाम्रो केन्द्रिय कमिटीको बैठक पनि ५ गते बोलाएका छौँ, ५ गतेको बैठकको निर्णयसँगसँगै हामी सरकारमा समावेश हुनेछौँ, त्यसैले यो एक हप्ता भित्रै सबै कुराको टुंगो लगाउनेछौं, हामीलाई सरकारमा जाने कुरामा कुनै समस्या छैन, पार्टी गठन गरिसकेका छौँ, आज भने आजै र भोलि भने भोलि नै तयार छौँ ।

अध्यक्ष नेपालले एमसीसीलाई पठाएका जवाफ आइसकेको र त्यसको बारेमा छलफल भइरहेको बताउनुभयो । उहाँले एमसीसीलाई सोधेका सात प्रश्नको जवाफका बारेमा छलफल भइरहेको र जनमानसको मानसिकतालाई ध्यानमा राखेर मात्रै एमसीसीको निर्णय लिने बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘यस सम्बन्धमा पहिले नेकपा एमालेमा छँदाखेरी तत्कालीन प्रधानमन्त्रीले आजै पास गर्नुपर्छ,भोलि नै पास गर्ने भनेर उहाँले त्यो बेलाका परराष्ट्रमन्त्रीलाई नगर्नुपर्ने ठाउँमा हस्ताक्षर गराउनुभयो, र उहाँकै अर्थमन्त्रीले विभिन्न हिसावले एमसीसीको निम्ति सीमा नाघेर जाने काम गर्नुभयो, ती सबै कुराहरुप्रतिको हामी आलोचक हौँ, अहिले हामी प्रश्नहरु सोधेर एमसीसीलाई हामीले पठाएका हौँ, त्यो प्रश्नको जवाफ आएको छ, यो आइपीएसको अंग हुन्छ कि हुँदैन ? यो प्रोजेक्ट कुनै पनि सेक्युरेटी अम्ब्रेलामा बस्नुहुँदैन, यसको कुनै स्वार्थ छ कि छैन, त्यो सेक्युरेटी अम्ब्रेलामा बस्ने शर्त हामीलाई मञ्जुर छैन, त्यसैले हामी कुनै पनि देशको सुरक्षा रणनीति फलो गर्नसक्दैनौँ, हामी स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्छौं,यसर्थम हामी पञ्चशीलको सिद्धान्तलाई अवलम्बन गर्दै असंलग्न परराष्ट्रनीतिमा समर्पित हुनेछौँ, हाम्रा छिमेकीहरुमा कुनै किसिमको आशंका पैदा हुने स्थिती र सुरक्षामा आँच पुग्ने स्थितीलाई हामी स्विकार गर्न सक्दैनौँ, यो प्रोजेक्ट आउँदा जग्गा जमीन, जहाँ हाइटेक्शन लाइन बन्छ, यो जग्गाको स्वामित्व नेपालको सार्वभौम अधिकार रहने कुराको सुनिश्चितता चाहन्छौँ,यसबाट उत्पन्न हुने बौद्धिक सम्पत्तीमा नेपालको अधिकारको सुनिश्चितता चाहन्छौँ, त्यसमा नेपाली कामदार, नेपाली रोजगारी पाउनेहरुके अधिकारलाई सुनिश्चित गर्न चाहन्छौँ, हामी त्यसको लेखा परीक्षणको निम्ति नेपालको अडिक्टर जनरलको अधिकारको सुनिश्चितता चाहन्छौँ ।

अध्यक्ष नेपालले गठबन्धन तोड्नको लागि अहिले अनेक किसिमको दाउपेच चलिरहेको बताउँदै भ्रमात्मक कुराको पछि नलाग्न आग्रह गर्नुभयो । उहाँले तत्काल कुनै पनि पार्टीसँग पार्टी एकता नहुने र पाँच दलीय गठबन्धनलाई नै बलियो बनाएर चुनावी मैदानमा उत्रिने बताउनुभयो । निजी, सार्वजनिक र सहकारी क्षेत्रलाई तालमेल मिलाएर राष्ट्रिय पूँजीलाई विकास गर्ने पार्टीको योजना रहेको बताउँदै अध्यक्ष नेपालले अन्याय र अत्याचारको बिरुद्धमा पार्टी दृढतापूर्वक लागि पर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...