HomeFeatureप्रधानमन्त्री मोदीद्धारा वर्चुअल मिटिंगबाट सम्बोधन

प्रधानमन्त्री मोदीद्धारा वर्चुअल मिटिंगबाट सम्बोधन

दिल्ली, 17 सितम्बर 2021

प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार ताजिकिस्तानको राजधानी दुशान्बेमा सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनलाई वर्चुअल मिटिंगबाट सम्बोधन गर्नु भएको छ। मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खान र चिनियाँ राष्ट्रपति शी-जिनपिंगको उपस्थितिमा चरमपन्थीमाथि कडा हमला गर्नुभयो।

मोदीले भन्नु भयो, “मलाई विश्वास छ कि यस क्षेत्रमा सबैभन्दा ठूलो चुनौती शान्ति,  सुरक्षा र विश्वासको कमी संग सम्बन्धित छ र यी समस्याहरुको मूल कारण बढ्दो कट्टरपन्थीकरण हो। अफगानिस्तानमा भर्खरको घटनाक्रमले यो चुनौतीलाई अधिक स्पष्ट बनाएको छ। एससीओले यस बिषयमा पहल गर्नुपर्छ।

प्रधानमन्त्रीले भन्नु भयो,  “यदि हामी इतिहास हेर्छौं,  हामी देख्नेछौं कि मध्य एशियाको क्षेत्र मध्यम र प्रगतिशील संस्कृति र मूल्यहरुको एक गढ भएको छ। शताब्दीयौंदेखि सूफीवाद जस्ता परम्पराहरु यहाँ फस्टाए र यस क्षेत्र र विश्वमा फैलियो। हामी अझै पनी यस क्षेत्रको सांस्कृतिक विरासतमा आफ्नो छवि देख्न सक्छौं। मध्य एसियाको यस ऐतिहासिक सम्पदाको आधारमा एससीओले चरमपन्थी र उग्रवादसंग लड्न साझा टेम्प्लेटको विकास गर्नुपर्छ।

मोदीले यो पनि भन्नु भयो,   भारतमा र एससीओको लगभग सबै देशहरुमा इस्लाम संग सम्बन्धित मध्यम,  सहिष्णु र समावेशी संस्थाहरु र परम्पराहरु छन्। एससीओले उनीहरुबीच बलियो सञ्जाल विकास गर्न काम गर्नुपर्छ। एससीओको बीसौं वार्षिकोत्सवको सन्दर्भमा मोदीले भन्नु भयो,  यो खुशीको कुरा हो कि नयाँ साथीहरु हामी संग जोडिएका छन्। म इरानलाई स्वागत गर्दछु। म तीन नयाँ संवाद साझेदार साउदी अरब,  इजिप्ट र कतारलाई पनि स्वागत गर्दछु।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...