HomeFeatureनेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे भारतको दिल्लीमा लामो परामर्श

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे भारतको दिल्लीमा लामो परामर्श

काठमाडौं, 17 सितम्बर 2021

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे भारतको राजधानी नयाँ दिल्लीमा लामो परामर्श चलेको छ । नेपालमा बढेको चिनियाँ प्रभाव र त्यसकारणले समस्या उत्पन्न भएको भन्दै भारतीय सत्ताले पश्चिममा राष्ट्रहरुसँग समेत समन्वय गरेर परामर्श जारी राखेको बताइएको छ । यही परामर्शका लागि भनेर नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा दिल्ली आएका छन् । झण्डै दुई साता लामो सो परामर्शको सिलसिलामा नेपालमा चीनको बढ्दो प्रभाव र दबाबलाई मूल विषय बनाइएको बताइएको छ । स्रोतले कुन कुन पश्चिमा राष्ट्रका प्रतिनिधिहरु यस्तो परामर्शमा सहभागी छन् भन्ने नबताए पनि चीनको सक्रियतालाई देखाएर नेपालबारे ठूलै हाउगुजी सिर्जना गर्न लागिएको त होइन भन्ने आशंका पनि शुरु भएको छ । राजदूत क्वात्रा दिल्लीबाट नेपाल फर्केपछि भारतको नेपाल नीतिमा भएको तत्कालको परिवर्तन समेत देखा पर्ने स्रोतको दावी छ । प्रधानमन्त्री भएको दुई महिना हुँदा पनि मन्त्रिपरिषद्समेत गठन गर्न नसकेर हैरान भएका प्रधानमन्त्री देउवाको सत्तारुढ गठबन्धनमा आउने सम्भावित खटपट र त्यसले फेरि संसद भंग गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ भारतीय संकेतलाई देउवा र गठबन्धनका नेताले कसरी व्यवस्थापन गर्न सक्लान् भन्ने चासो पनि दिल्ली परामर्शसँगै प्रकट हुन थालेको छ । नेपालमा अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसीबारे अत्यन्त धेरै अफवाहहरु फैलिएको र त्यसको पछाडि चीनले भूमिका खेलेको, एमसीसीबारे नभएका कुराहरु पनि भएजस्तै गरेर मिसइन्फर्मेशन क्याम्पेन नै चिनियाँ लगानीमा गरिएको केही तथ्यहरुसमेत संकलन गरेर दिल्लीमा पश्चिमा मुलुकका प्रतिनिधिहरुसँग छलफल गरिएको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...