HomeFeatureअघिल्लो सरकारले बजेटमा ल्याएको कुनै कार्यक्रम नहटाइएको दावी:  अर्थमन्त्री

अघिल्लो सरकारले बजेटमा ल्याएको कुनै कार्यक्रम नहटाइएको दावी:  अर्थमन्त्री

काठमाडौं, 20 सितम्बर 2021

अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले बजेटमा ल्याएको कुनै कार्यक्रम नहटाइएको दावी गर्नुभएको छ ।  सोमबार संसद भवनमा सञ्चारकर्मीसंग प्रतिक्रिया दिदै शर्माले तीन प्रतिशत बजेट घटाउने बाहेक कुनै कार्यक्रम बजेटमा नहटाइएको दावी गर्नुभएको हो । उहाले बजेटलाई संसदबाट अघि बढाउनका लागि प्रतिपक्षीसंग सहमतिको अधिकमत प्रयास गरिएको बताउनुभयो । उहाले प्रतिपक्षिसंग निरन्तर वार्ता सम्वादलाई निरन्तर दिदै निकास दिने सरकारको नीति रहेको धारणा राख्नुभयो । त्यस्तै कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसदलाई सूचारु गर्नका लागि प्रतिपक्षी दलको नेतासंग निरन्तर सम्वाद गरेको जानकारी दिनुभयो । उहाले संसदलाई सहज रुपमा चल्नुपर्ने र यसलाई प्रभावकारी चलाउन सरकार पक्ष र प्रतिपक्षीको दायित्व भएको बताउनुभयो । यता एमालेका सांसद बिशाल भट्टराईले आफुहरुले निरन्तर विरोध गरेपनि सत्तापक्षले संवादको कुनै प्रयास नगरेको आरोप लगाउनुभयो । सभामुखको भूमिकाप्रति आपत्ती जनाउदै आफुहरुले संसदमा आन्दोलन गरिरहेको र सभामुखले न्याय नगरेसम्म आन्दोलन जारी रहने उहाले बताउनुभयो । भट्टराईले यसअघि सरकारले सदनमा बिजनेश ल्याउन नसकेको भन्दै अहिले एमालेले बिरोध गर्दा जनताको मुद्धा नरोकिने तर्क गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...