HomeFeatureप्रतिमान निमा स्मृति प्रतिष्ठानद्धारा लुम्बिनी प्रदेश सरकारलाई स्वास्थ्य सामाग्री प्रदान

प्रतिमान निमा स्मृति प्रतिष्ठानद्धारा लुम्बिनी प्रदेश सरकारलाई स्वास्थ्य सामाग्री प्रदान

रुपन्देही, 20 सितम्बर 2021

प्रतिमान निमा स्मृति प्रतिष्ठानले लुम्बिनी प्रदेश सरकारलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । प्रतिष्ठानले प्रोजेक्ट होप अमेरिकाको सहयोगमा सातै प्रदेशमा स्वास्थ्य सामाग्री बितरण गर्ने क्रममा सोमवार बुटवलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के.सी मार्फत प्रदेश सरकारलाई २ करोड बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले प्रदेश सरकार सम्पूर्ण नागरिकलाई खोपको व्यवस्था गर्ने अभियान लागेको बताउनुभयो । उहाँले विकास निर्माणका बजेट कटौति गरेर भएपनि जनताको जीवन रक्षाको लागी पहिलो प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिने बताउनुभयो । मुख्यमन्त्री केसीले १८ वर्ष भन्दा मुनिका उमेर समूह उच्च जोखिममा रहेको बताउदै प्रदेश सरकार उनीहरुको जीवन रक्षाका लागी पूर्व तयारीमा लागेको जानकारी दिनुभयो । केसीले प्रतिमान निमा स्मृति प्रतिष्ठानले गरेको कार्यको प्रसंसा गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताउनुभयो । त्यस्तै कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री तथा प्रतिमान–नीमा स्मृति प्रतिष्ठानका उपाध्यक्ष दीपक बोहराले सबै प्रदेशलाई  स्वास्थ्य सामाग्री प्रदान गरेको स्मरण गर्दै लुम्बिनी प्रदेशलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । उहाँले प्रदेशको आवश्यकतालाई ध्यानमा राखेर सहयोग गर्ने जानकारी दिनुभयो । बोहराले भैरहवाको भीम अस्पताललाई तत्काल भेन्टिलेटर उपलब्ध गराउने बताउनुभयो । त्यस्तै प्रतिमान–नीमा स्मृति प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले शिक्षा, वातावरण, स्वास्थ्य तथा अनुसन्धानमा काम गर्दै आएको संस्थाले स्वास्थ्य केन्द्रहरुको आवश्यकतालाई मध्यनजर गर्दै सामग्री प्रदान गरिएको जानकारी दिनुभयो । प्रतिष्ठानले लुम्बिनी प्रदेश सरकारलाई माक्स १४,००० थान,डिजिटल थर्मोमिटर ३२ थान, एननाइन्टी डिस्पोजेबल मास्क ३००० थान,पीपीई लार्ज ४६०,पीपीई मिडियम १२०,ग्लोब्स १ लाख ६६ हजार थान,गाउन आइसोलेशन ३३२० थान लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको  प्रतिष्ठानका निर्देशक धर्म बहादुर केसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...