HomeFeatureघरसँगै जलेर दम्पतीको मृत्यु

घरसँगै जलेर दम्पतीको मृत्यु

इलाम, 21 सितम्बर 2021

घरसँगै जलेर दम्पतीको मृत्यु भएको छ। इलाम नगरपालिका–५, बरबोटे घर भएपनि झापाको अर्जुनधारा बस्दैआएका ४५ वर्षे रोम खनाल र उनकी श्रीमती ४३ वर्षीया दुर्गाको  गएराति उपचारक्रममा मृत्यु भएको  हो। गत भदौ २६ गते साँझ खाना पकाउने ग्याँस सिलिन्डर लिक भएर विस्फोट हुँदा घरमा आगो लागिएको थियो। आगोले खनाल दम्पतीसहित रोमकी आमा ८५ वर्षीया मंगलादेवी र छोरा १८ वर्षे पंकजसमेत घाइते भएका थिए। काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचाररत गम्भीर घाइते रोमको गएराति पौने ८ र दुर्गाको ११ बजे निधन भएको दुर्गाका भाइले जनाए ।  सामान्य घाइते पंकजको त्यही अस्पतालमा उपचार हुँदैछ र मंगलादेवीको झापामै उपचार भइरहेको छ। रोम र दुर्गाकी छोरी, घटनाका बेला घरबाहिर रहेकाले बच्न सफल भएकी छिन्। खनाल दम्पतीलाई आगोले जलेर घाइते भएपछि उपचारका लागि विराटनगर लगिएको थियो।  तर, त्यहाँ उपचार सम्भव नभएपछि भदौ २८ मा काठमाडौं पुर्‍याएको थियो। आर्थिक अवस्था कमजोर रहेका खनाल दम्पतीको उपचारमा करिब ८ लाख रुपैयाँ खर्च भइसकेको अस्पतालमै रहेका ढकालले बताए। आगोले घर जलेर पूर्णरूपमा नष्ट भएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...