HomeFeatureलागू औषध चरेशसहित नौं जना गिरोह पक्राउ

लागू औषध चरेशसहित नौं जना गिरोह पक्राउ

काठमाडौं, 21 सितम्बर 2021

हस्तकलामा सामग्रीभित्र लागू औषध चरेश राखेर ओसारपसार गर्दै आएका नौं जना गिरोह पक्राउ परेका छन । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी हस्तकलाका सामग्रीभित्र चरेश राखेर ओसारपसार गर्दै आएका म्याग्दीका श्यामप्रसाद रोका, बीरबहादुर रोका, दिलबहादुर रोका, धादिङका अनिलबहादुर घले, सुनबहादुर गुरुङ, याङकी भनिने जितबहादुर तामाङ, माईला भनिने कृष्णबहादुर तामाङ, नुवाकोटका सेसे भनिने उर्पा तामाङ र बीरबहादुर तामाङलाई सार्वजनिक गरेको हो ।  उनीहरुको साथबाट कतार पठाउन हस्तकलाको सामानमा प्याक गरि राखेको ७ केजी ६१४ ग्राम चरेश बरामद गरिएको पनि व्यूरोका प्रमुख एसएसपी हृदय थापाले जानकारी दिनु भयो । हाते कागजका डायरीहरुमा सो चरेश बरामद गरेर कतारलगायतका मुलुकहरुमा सो गिरोहले पठाउने गरेको पाइएको पनि व्यूरोले जनाएको छ । यस अघि उनीहरुले यसरीनै अचारको भाडोमा समेत चरेश राखेर भारत हुँदै हङकङ, थाईल्याण्ड, टर्की लगायतका देशहरुमा पनि लागू औषधहरु ओसार पसार गर्दै आएको पनि अनुसन्धानमा पाइएको एसएसपी थापाले बताउनु भयो । पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...