HomeFeatureराजनीति तवरबाट नियुक्ति भएका सबै राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

राजनीति तवरबाट नियुक्ति भएका सबै राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं, 21 सितम्बर 2021

सरकारले राजनीति तवरबाट नियुक्ति भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघिको केपी ओली नेतृत्वको सरकारले राजनीति तवरबाट नियुक्त गरेका सवै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । त्यस्तै बैठकले कर्णाली करिडोर अन्तर्गत सल्लीसल्लाह सिमिकोट खण्डको दुल्ली कुनादेखि लालीबगर सडक खण्डको सात किलोमिटर र लैफुबद्री गाँउदेखि हुक्का खोलासम्म १३ दशमलव ५ किलोमिटरमा ट्रयाक निर्माण कार्य सेनाबाट गराउन स्वीकृति दिने निर्णय गरेको छ । कोभिड १९ संकट व्यवस्थापन गर्न बनेको बिधेयक संघीय संसदमा पेश गर्ने निर्णय बैठकले गरेको छ भने औषधी ऐनलाई संशोधन गर्न बनेको बिधेयक संघीय संसदमा पेश गर्न स्वीकृत दिने निर्णय भएको प्रवक्ता कार्कीले बताउनुभयो । त्यस्तै बैठकले संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन जाने प्रतिनिधिमण्डलको पनि गठन गरेको प्रवक्ता कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...