HomeFeatureडाएलाईसिस मेसिन तत्काल थप गर्न सरकारलाई स्वास्थ्य समितिको निर्देशन

डाएलाईसिस मेसिन तत्काल थप गर्न सरकारलाई स्वास्थ्य समितिको निर्देशन

काठमाडौं, 22 सितम्बर 2021

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिले डाएलाईसिस मेसिन तत्काल थप गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरवारमा बसेको समितिको बैठकले डाएलाईसिस मेसिन थप गर्ने योजना तत्काल कार्यान्वयनमा ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकमा समितिकी सभापति जयपुरी घर्तीले समितिले नेपालका नागरिकहरुमा इच्छाशक्तिको कमी भएकोले आत्मबल  बढाउन मन्त्रालयले विभिन्न जनचेतनामुलक कार्यक्रम राख्नुपर्ने निर्णय भएको बताउनुभयो । उहाँले छिटो भन्दा छिटो डाएलाईसिस गर्ने किड्नी ट्रान्सप्लान्ट गराउने कुरामा तत्काल ध्यान दिन पनि मन्त्रालयलाई निर्देशन दिनुभयो ।  किड्नी फेल हुने समस्या नेपालीहरुमा धेरै पाइएकोले यसलाई कसरी कम गर्ने भनेर अध्ययन गर्न आवश्यक रहेको भन्दै सभापति घर्तीले क्यान्सर, औलो र किड्नी ट्रान्सप्लान्टको उपचारको लागि विशेष अस्पतालहरु बनाउन पनि सुझाव दिनुभयो ।

सभापति घर्तीले भन्नुभयो, ‘नेपालमा हाम्रो सबैभन्दा धेरै इच्छाशक्तिको कमी छ, त्यसलाई हामीले कसरी उजागर गर्ने, कसरी अघि बढाउने ? छलफल गर्न जरुरी छ । यसलाई जनचेतना मुलक कार्यक्रम, अन्तरक्रिया गरेर पनि आफूले गर्नुपर्छ भन्ने मनोभावनाको विकास गर्नुपर्ने आवश्यक्ता देख्छु यसको लागि मन्त्रालयले केही गरोस्, डाएलाईसिसको मेसिनहरु बढाउने कुराको योजना बनाउनुभएको छ, यो छिटो भन्दा छिटो डाएलाईसिस गर्ने किड्नी ट्रान्सप्लान्ट गराउने कुराहरु चाँडो गरियोस्,क्यान्सर औलोको उपचारको लागि विशेष हस्पिटलहरु बनेका छन्, किड्नी फेलहुने समस्याहरु नेपालमा अलि धेरै बढी भएको छ, त्यसलाई मध्यनजर गर्दै टिचिङ्ग हस्पिटलको नजिकै क्यान्सर हस्पिटलको पाँच तले भवन बनाएको छ, त्यस्तै किड्नी सम्बन्धी पनि विशेष हस्पिटल बनाएर अघि जाँदा राम्रो होला कि ? किड्नी फेल हुने कारण के हो भनेर अध्ययन गर्दा सुगरले धेरै समस्या पारेको छ, यसलाई कसरी रोक्ने भन्ने विशेष योजना बनाउनुपर्छ ।’

सभापति घर्तीले समितिले गरेको निर्णय र सुझावलाई मन्त्रालयले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...