HomeFeatureबिहिबारसम्म पार्टीबाट मन्त्रीमण्डलमा सहभागीहुनेको नाम टुङ्गो लगाउने?

बिहिबारसम्म पार्टीबाट मन्त्रीमण्डलमा सहभागीहुनेको नाम टुङ्गो लगाउने?

काठमाडौं, 22 सितम्बर 2021

नेकपा माओवादी केन्द्रले बिहिबारसम्म पार्टीबाट मन्त्रीमण्डलमा सहभागीहुनेको नाम टुङ्गो लगाउने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले बिहीबारसम्म राजनीतिक दलसम्बन्धी अध्यादेशका बारेमा टुङ्गो लाग्ने र मन्त्रिपरिषद् बिस्तार हुने ब्रिफिङ गरेपछि माओवादीले मन्त्रीमण्डलमा सहभागी हुनेको नाम टुङ्गो लगाउन लागेको हो । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले मन्त्रिपरिषद विस्तार बिहीबार हुने र माओवादी तर्फबाट सरकारमा सहभागी हुनेको नाम पनि टुङ्गो लाग्ने बताउनुभयो । बैठकमा प्रचण्डले अध्यादेशको कारणले मन्त्रीपरिषद् बिस्तारमा ढिलाई भएको बताउनुभएको महराले जानकारी दिनुभयो ।  बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा दल विभाजन अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी भइरहेको महराले बताउनुभयो । त्यस्तै बैठकले माओवादीको प्रवास समितिले बनाएको निर्देशिकालाई समेत अनुमोदन गरेको छ । निर्देशिकामा ६ वटा उपक्षेत्र बनाएर पार्टीले काम गर्ने उल्लेख गरिएको प्रवक्ता महराले जानकारी दिनुभयो । त्यस्तै बैठकले डोर प्रसाद पौडेललाई पार्टी कार्यालयमा नियुक्त गर्ने निर्णय पनि गरेको महराले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...