HomeFeatureनेपाली सेनाको प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ बिहीबारदेखि सुरु

नेपाली सेनाको प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ बिहीबारदेखि सुरु

काठमाडौं, 23 सितम्बर 2021

नेपाली सेनाको ‘प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ बिहीबारदेखि सुरु भएको छ। काठमाडौंको भद्रकालीस्थीत जङ्गी अड्डामा आयोजना गरिएको बैठकको प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले सेनाद्वारा भईरहेका विकास निर्माणका कार्यलगायत सेनाले सञ्चालन गर्न योजना गरेका दीर्घकालीन महत्वका कार्यहरुमा श्रोतको सुनिश्चितता गर्न सरकारको हरसम्भव प्रयास रहने बताउनुभयो । त्यस्तै प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न र सरकारका विधिसम्मत आदेशहरु अक्षरसः पालना गर्न कटिबद्ध रहेको बताउनुभएको थियो । कार्यक्रममा नेपाली सेना र रक्षा मन्त्रालयको तर्फबाट प्रधानसेनापति र रक्षा मन्त्रालयका सचिवबीच कार्य सम्पादन सम्झौता समेत भएको थियो । बैठकमा महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरु तथा कमाण्ड सेनापतिहरुले वर्तमान वस्तुस्थिति, कार्य समिक्षा प्रस्तुत गर्ने सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...