24 सितम्बर 2021
नेपाल धितोपत्र बोर्डका प्रमुख कार्यकारी अधिकृत निरज गिरीले आन्दोलनमा आएका कर्मचारीहरु माथि लगानीकर्ताहरुबाट कुनै नराम्रो व्यबहार नभएको बताउनु भएको छ ।
“हामिहरुको बिचमा सौहार्दपुर्ण वातावरणमा वार्ता भएको हो कुनै किसिमको गल्त व्यबहार वहाँहरुबाट भएजस्तो मलाई लाग्दैन”।
नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनद्धारा सेयर बजार सम्बन्धी विभिन्न माग राख्दै आन्दोलनरत पुँजीबजार सुधार संघर्ष समिती र धितोपत्र बोर्डका बिचमा भएको बार्ताको क्रममा लगानीकर्ताहरुले बोर्डका कर्मचारीहरु माथि अशोभनीय व्यवहार भएको र कर्मचारीहरुलाई अघोषित रुपमा कार्यलयमै बन्धक बनाईएको भन्दै विज्ञप्ती प्रकाशन गरेको थियो ।
गिरीले भन्नु भयो, “आन्दोलनमा अब सबै कुरा सामान्य ढंगले त अवश्य पनि हुन्न केहि हुल हुज्जत र नारावाजी त भइहाल्छ यसलाई सामान्य रुपमा लिनुर्छ, अव कर्मचारीहरुमा पनि धेरै नयाँ साथिहरु हुनुहुन्छ हामि नियामक निकाय पनि भएकाले विभिन्न समयमा यस्ता आन्दोलन र मागहरु लिएर लगानीकर्ताहरु हाम्रोमा आइरनुहुन्छ भन्ने कुरा वहाँहरुलाई थाहा नभएर पनि हो हामि त यसमा बानि नै पर्यो राति १२ बजेसम्ममै कार्यलयमा थुनियको अनुभव पनि हामिसंग छ । अब कर्मचारीहरुको पनि समयमा घर जान पाउनुपर्यो भन्नु पनि गलत कुरा भएन त्यसैले अब यसलाई तन्काउने भन्दा पनि अब यो कुरालाई यहि सक्नुपर्छ जस्तो लाग्छ मलाई ।”









































