HomeFeatureपालिका अधिवेशनलाई नेपाली कांग्रेसले असोज ९ गतेदेखि अघि बढाउने

पालिका अधिवेशनलाई नेपाली कांग्रेसले असोज ९ गतेदेखि अघि बढाउने

काठमाडौं, 24 सितम्बर 2021

नेपाली कांग्रेसले असोज ९ गतेदेखि पालिका अधिवेशनलाई अघि बढाउने भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले असोज ९ गते ६४ जिल्लामा पालिका अधिवेशन गर्ने र अन्य जिल्लामा पालिका अधिवेशनको प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो । क्रियाशील सदस्यतामा विवाद देखिएका १३ जिल्लाको सदस्यता टुंगो लगाउने र अधिवेशनको प्रक्रिया सुरु गर्ने निर्णय भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । त्यस्तै बैठकले हिमाली जिल्लाको अधिवेशन नियमित तालिका अनुसार गर्ने र केहि जिल्लामा दसैअघि पालीका अधिवेशनमात्रै गर्ने निर्णय भएको शर्माले बताउनुभयो । उहाले छिटै पार्टीको केन्द्रीय समिति बैठक बस्ने र कार्यतालिका अनुमोदन गर्ने जानकारी दिनुभयो । प्रवक्ता शर्माले १४ महाविधेशनको प्रक्रिया सहमतिपूर्वक अघि बढिरहेको दावी गर्नुभयो । उहाले अधिवेशनको प्रक्रियामा उत्साहपूर्वक लाग्न पनि आग्रह गरिएको बताउनुभयो । प्रवक्ता शर्माले महाधिवेशनको मिति सार्ने बिषयमा कुनै छलफल नै भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...