HomeFeatureइजरायल जानका लागि, आवेदन दिएका २७९० जनाको आवेदन फारम रद्ध

इजरायल जानका लागि, आवेदन दिएका २७९० जनाको आवेदन फारम रद्ध

काठमाडौं, 24 सितम्बर 2021

सरकारले नक्कली कागजपत्र पेश गर्दै इजरायल जानका लागि भन्दै आवेदन दिएका २७९० जनाको आवेदन फारम रद्ध गरेको जनाएको छ । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य, श्रम र उपभोक्ता हित संरक्षण समितिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमले नक्कली कागजपत्र पेश गर्दै आवदेन दिएको खुलेपनि उनीहरुको आवेदन फारम रद्ध गरेको जानकारी दिनुभयो । कारवाहीको डरले अझैपनि अन्तर्वाताका क्रममा आफ्ना आवदेन रद्ध गरिपाँउ भन्ने निवेदन आएको उहाले बताउनुभयो । ६ हजार ३ सय १७ जनाले परिक्षा दिएकामा दुई हजार ३९ जना उतिर्ण भएको र त्यसमध्येपनि १६ सय जना छनौट भएको उहाले बताउनुभयो । छनौट भएका १६ सय मध्ये इजरायल सरकारको निकायबाट लटरीप्रथाबाट एक हजार जनालाई मात्र अन्तिम छनौट गर्ने सचिव गौतमले जानकारी दिनुभयो । उहाले अहिलको प्रक्रिया सकिने बितिकै २५ सयको डिमान्ड तयारी अवस्थामा रहेको उल्लेख गर्नुभयो । इजराइल जानेले महिनाको दुई लाख पाउने र नेपालको रेमिटेन्स पनि बढ्ने उहाको भनाई छ । त्यस्तै बैठकमा वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले आवेदकले प्रमाणपत्रहरु, उचाई, तौल, शेक्षिक योग्यता लगायतका कुुरा स्वघोषणा गरी निवेदन दिएकोमा अधिकांशको निवेदनमा त्रुटी देखिएको बताउनुभयो । उहाले उत्तरपुस्तिकालाई चिकित्सा शिक्षा आयोगमा लगेर मेसिनले नै जाँच्ने प्रविधिको प्रयोग गरिएकाले नजिताको काम छिटो भएको जानकारी दिनुभयो । बैठकमा समिति सदस्यहरुले बैदेशिक रोजगारमा जाने कामदारबाट लिइने शुल्क तोकिएपनि बढि शुल्क बुझाउनुपर्ने गुनासो आएको भन्दै मन्त्रालय र बिभागको ध्यानाकर्षण गराएका थिए । जवाफमा मन्त्रालयका सचिव गौतमले बैदेशिक रोजगारमा जादा १० हजारमात्र बुझाउनुपर्ने नियमलाई अव परिवर्तन गर्नुपर्ने अवस्था आएको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...