HomeFeatureमुलुकभर रहेको हिमोफिलियाका बिरामीको वास्तविक तथ्याङ्क समेटिनुपर्ने माग

मुलुकभर रहेको हिमोफिलियाका बिरामीको वास्तविक तथ्याङ्क समेटिनुपर्ने माग

काठमाडौं, 25 सितम्बर 2021

नेपाल हिमोफिलिया सोसाइटीले राष्ट्रिय जनगणना २०७८ मा मुलुकभर रहेको हिमोफिलियाका बिरामीको वास्तविक तथ्याङ्क समेटिनुपर्ने माग गरेको छ । शनिबार काठमाडौंमा गरिएको अन्तक्र्रिया कार्यक्रममा सोसाइटीले जनचेतनाका अभावमा अझै पनि हिमोफिलियाका बिरामी खुलेर बाहिर आउन नसकेको भन्दै जनगणनाका क्रममा उनीहरुको वास्तविक तथ्याङ्क समेटिनुपर्ने माग गरेको हो ।

हिमोफिलिया भएका व्यक्तिहरु अपाङ्गता भएका व्यक्तिको सूचीमा १० औ नम्वरमा रहेको र गणकहरु आउदा घरपरिवारमा  भएका बिरामीको प्रष्ट बिबरण दिन पनि सोसाइटीले आग्रह गरेको छ । नेपालमा करिव ३ हजार हिमोफिलियाका बिरामी रहेको सोसाइटीका महासचिव दीपक पोखरेलले बताउनुभयो । त्यस्तै सोसाइटीमार्फत अहिलेसम्म ७ सय ५० जना हिमोफिलियाका बिरामीको पहिचान भएको र त्यसमध्ये आवश्यक औषधोपचारको  अभावमा पहिचान भएका व्यक्तिहरुमध्येबाट हरेक बर्ष ३ देखि ४ जना व्यक्तिको ज्यान गइरहेको महासचिव पोखरेलले बताउनुभयो । रगत जमाउन आवश्यक तत्वको कमीका कारण लामो समयसम्म रक्तश्राव भइरहने अवस्थालाई हिमोफिलिया भनिन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार दस हजारमा एक जना हिमोफिलिया समस्या लिएर जन्मन्छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...