HomeFeatureसत्ता गठबन्धनलाई बलियो बनाएर संविधानको कार्यान्वयन, मुलुकलाई समृद्धि बनाउन सरकार प्रतिवद्ध: अर्थमन्त्री

सत्ता गठबन्धनलाई बलियो बनाएर संविधानको कार्यान्वयन, मुलुकलाई समृद्धि बनाउन सरकार प्रतिवद्ध: अर्थमन्त्री

काठमाडौं, 25 सितम्बर 2021

अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले सत्ता गठबन्धनलाई बलियो बनाएर संविधानको कार्यान्वयन गर्दै मुलुकलाई समृद्धि बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । चौंरीदेउराली–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा अर्थमन्त्री शर्माले लोकतन्त्र र संविधानका पक्षधर दलबीचको गठबन्धन सरकारले मुलुकको समृद्धिमा ध्यान दिने बताउनुभएको हो । उहाले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई कमजोर पार्ने खेल भएको र त्यसको बिरुद्ध गठबन्धन बनेको भन्दै गठबन्धनलाई बलियो बनाउदै अघि बढ्ने उल्लेख गर्नुभयो । उहाले केहि प्राविधिक कारण सरकारले पूर्णता पाउन नसकेको भन्दै छिटै सरकारलाई पूर्णता दिन दलहरुबीच छलफल भइरहेको धारणा राख्नुभयो । उहाले संगठनलाई बलियो बनाउदै पार्टीलाई सशक्त बनाएको बताउनुभयो । त्यस्तै मन्त्री शर्माले नेपाल बहुआयामिक गरिवीमा पर्नुको कारण पत्ता लगाई समाधान खोज्ने योजना तीन महिनाभित्र सार्वजनिक गर्ने जानकारी दिनुभयो । त्यस्तै व्यापार घाटाको अवको अवधी प्रक्ष्यपण गर्न अध्ययन गर्ने र रिपोर्ट सार्वजनिक गरिने उहाले बताउनुभयो । उहाले संविधानमा उल्लेख समाजवाद उत्मुख अर्थतन्त्रको ठोस कार्यक्रम राष्ट्रिय सहमति गरेर निर्माण गर्ने बताउनुभयो । कार्यक्रममा शर्माले बिभिन्न दलबाट आएका कार्यकर्तालाई माओवादी प्रवेश गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...