दिल्ली, 27 सितम्बर 2021
किसान संगठनहरुले नयाँ कृषि कानूनको बिरुद्ध आज भारत बन्दको आह्वान गरेका छन्। संयुक्त किसान मोर्चा (एसकेएम) को नेतृत्वमा ४० भन्दा बढी किसान संगठनहरुको बन्द तीन कृषि कानूनको बिरूद्ध शुरू भएको छ, जुन ४ बजे सम्म चल्नेछ। एक दर्जन भन्दा बढी राजनीतिक दलहरुले किसान युनियन भारत बन्दको समर्थन गरेका छन्। बन्दलाई ध्यानमा राखी दिल्ली, यूपी र हरियाणामा पुलिस सतर्क छन्।









































