दिल्ली, 27 सितम्बर 2021
कोरोना महामरीका कारण लामो समय देखि रोकिएको नेपाल भारत मैत्रीबस सेवा खुल्यो भन्ने कुरा हल्ला मात्र साबित भएको छ। मैत्री बसका लागि सिमाना खुल्यो भन्नेबारे आधिकारीक पत्र प्राप्त नभएको सिमाना अधिकारीले बताएका छन । लामो समय देखि स्थागित भएको नेपाल भारत मैत्री बस सेवा मोडर्न ईरा tours & travels ले २६ सेप्टेम्बरका दिन दिल्लीको कश्मिरीगेट बसअड्डाबाट सुचारु गरेपनि नेपाल प्रवेश गर्न नदिएको ट्रभेल्सका प्रबक्ता खुम गुरुङले जानकरी दिनुभएको छ। नेपाल भारत मैत्रीबस सुचारुबारे छलफल गर्न पोखराबाट बस संचालक दामु अधिकारी , गणेश शर्मा, कृष्ण गैरे दिल्ली पुग्नु भएको थियो। उहाँहरु लगाएत दिल्ली संचालक दिलिप पौडेल, टी पि शर्माले उत्तरप्रदेश परिवहन निगमको आर एम ए के सिहसंग छलफल गरी नेपाल भारत मैत्रीबस सेवासंचालन गरिएको थियो । तर, सिमाना खुल्यो भन्नेबारे आधिकारीक रूपमा पत्राचार नभएकाले बसलाई नेपाल प्रवेस गर्न नदिएको बताईएको छ।









































