काठमाडौं, 29 सितम्बर 2021
चार वर्षीय बालक पियुष शर्मा काठमाडौंको कपनबाट अपरहण भएको भनिएका भारतमा भेटिएका छन् । भारतको बिहारस्थित शर्मा आफ्नै हजुरबुबाको घरमा भेटिएका हुन् । प्रहरीका अनुसार सोमबार अपराह्न ४ बजे बालकको घर नजिकै बस्ने शंकर दासले शर्मालाई लिएर भारत पुगेको अनुसन्धानबाट खुलेको थियो । दास र पियुसका आफन्त एकअर्कासँग परिचित थिए ।
एक उच्च प्रहरी अधिकारीले भन्नु भयो,“पियुसले दासलाई माया गर्दा रहेछन् । दासले मदिरा पिएको बेला पियुसलाई आफैसँग बिहार लगेको देखिन्छ । बिहारमा पियुसका हजुरबुबा बस्दै आएका छन् । त्यही पियुसलाई छाडेका छन् । यस्तोमा अपरहण नै हो भनेर भन्न सकिएन । उनलाई नेपाल ल्याइँदैछ ।”
प्रहरीले दासमाथि अनुसन्धान गर्ने जनाएको छ । भारतीय प्रहरीको सम्वन्यमा पियुस र दासलाई नेपाल ल्याउने तयारी छ ।









































