HomeFeatureशुक्रबारबाट सुरु हुने पार्टीको प्रथम विधान महाधिवेशन

शुक्रबारबाट सुरु हुने पार्टीको प्रथम विधान महाधिवेशन

काठमाडौं, 30  सितम्बर 2021

नेकपा एमालेले शुक्रबारबाट ललितपुरमा सुरु हुने पार्टीको प्रथम विधान महाधिवेशनको तयारी पुरा भएको जनाएको छ । मूल व्यवस्थापन समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । महाधिवेशनको उद्घाटन केपी शर्मा ओलीले गर्ने र बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उप महासचिव विष्णुप्रसाद पौडेले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने मूल व्यवस्थापन उपसमिति संयोजक खिमलाल भट्टराईले जानकारी दिनुभयो । महाधिवेशनको दोस्रो दिन असोज १६ गते समूह छलफल र समूह नेताबाट सुझावहरुको प्रस्तुति गरिनेछ । तेस्रो दिन असोज १७ गते दस्तावेज प्रस्तोता हरुको समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयहरूहरुमा जवाफ दिने कार्यक्रम रहेको भट्टराईले बताउनुभयो । महाधिवेशनमा छ हजारभन्दा बढी प्रतिनिधिहरूको सहभागितामा हुने भन्दै भट्टराईले हलभित्र नअटेका प्रतिनिधिलाई केन्द्रको उपयुक्त स्थानमा व्यवस्थापन गरिने उहाले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा विधान महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक राम बहादुर थापा बादलले महाधिवेशनमा तीनवटै प्रतिवेदनमा बिस्तृत छलफल गरेर आवश्यक निर्णय गरिने जानकारी दिनुभयो । उहाले राष्ट्रिय पुँजीको विकास नगरी समाजवादमा पुग्न नसकिने भन्दै जबज जनवादी कार्यक्रम भएको र अहिले पनि सान्दर्भिक रहेको बताउनुभयो । बादलले सभा सम्मेलन रोक लगाउने गरी जिल्ला प्रशासन काठमाडौंले जारी गरेको आदेश राजनीतिक पूर्वाग्रह प्रेरित भएको हुनसक्ने तर्क गर्दै स्वास्थ्य मापदण्ड र सुरक्षा विधि अपनाएर विधान महाधिवेशन हुने उल्लेख गर्नुभयो । शुक्रबारदेखि सुरु हुने विधान महाधिवेशन आइतबार सम्पन्न गर्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...