पोखरा, 1 अक्टूबर 2021
एक किशोरी पोखरामा मृतावस्थामा भेटिएकी छिन् । बाजुराको जगन्नाथ –१ बस्केना घर भएकी १८ वर्षीया निरुता शाह पोखरा अधिकारी टोलस्थित बन्द कोठाभित्र मृतावस्थामा फेला परेकी हुन् ।बन्द कोठाबाट दुर्गन्ध आएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरे। ताला फोरेर हेर्दा किशोरीको शव खाटमा भेटिएको प्रहरीले जनाएको छ । कोठाको ढोका फोरेर खानतलासी गर्ने क्रममा प्रहरी टोलीले शाहका श्रीमान् गणेश विष्टले लेखेर छाडेको चिट (नोट) भेटिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता एवं डिएसपीले जनाए । उनका अनुसार श्रीमान बिष्टले लेखेको चिटमा आफू कामबाट फर्किदा श्रीमती कोठाभित्र झुन्डिइरहेको अवस्थामा भेटेको उल्लेख गरेका छन् । श्रीमतीको खुशीका लागि आफुले दुःखकष्ट भोग्दै आएको बताउँदै उनको आत्महत्या पछि आफू बाँच्नुनै अर्थ नरहेकाले सेतीमा हाम फालेर आत्महत्या गर्ने उल्लेख गरेका छन् । बेपत्ता भएका श्रीमान गणेशको खोजी कार्य गरिरहेको डिएसपीले जनाए । श्रीमान गणेशले आत्महत्या गर्ने उल्लेख गरेर फरार भएकाले उनको खोजी भइरहेको छ,’उनले भने, ‘प्रहरीले उनको अवस्थाको वारेमा आवश्यक अनुसन्धान गरिरहेकाले छिटै वास्तविकता पत्ता लाग्छ,’ डीएसपीले पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै हत्या गरिएको हो वा आत्महत्या भन्ने खुल्ने जनाएका छन ।









































