काठमाडौं, 1 अक्टूबर 2021
राष्ट्रिय सभावेशी आयोगले पिडछा वर्गको पहिचान र थर सूचिकरण कार्य प्रारम्भ गरिएको जनाएको छ । शुक्रबार काठमाडौंमा आयोगले पूर्णता पाएको सय दिनमा भएका काम सार्वजनिक गर्दै संवैधानिक व्यवस्थाको उपयोगका लागि पहिचान र प्रतिनिधित्वका लागी पिडछा वर्गको पहिचान र थर सूचिकरण कार्य प्रारम्भ भएको जानकारी दिइएको हो । त्यस्तै खस आर्यको थर सूचिकरण र विपन्न खस आर्यको पहिचानको आधार र प्रतिनिधित्व सम्बन्धी अध्ययन प्रतिवेदन प्राप्त भएको आयोगले जनाएको छ भने पिडडिएका क्षेत्र र कर्णाली क्षेत्रको समावेशीता र बिकासका लागि काम भइरहेको आयोगका अध्यक्ष राम कृष्ण तिमल्सेनाले जानकारी दिनुभयो । स्थानीय सरकारमा सावेशीताको अवस्थाका बारेमा अध्ययन भइरहेको उहाले बताउनुभयो । उहाले सिमित स्रोत साधनकाबीच आयोगलाई सरकार र जनताप्रति उत्तरदायि बनाउने दिशामा अघि बढेको उल्लेख गर्नुभयो । आयोगले निजामति सेवामा भर्ना सम्बन्धमा भएको बिशेष व्यवस्थाको पुनरावलोकन गर्न सिफारिस गरिएको जनाएको छ ।









































