4 अक्तूबर 2021
रुपन्देही जिल्लामा दाङ जिल्लाको देउखुरीका एक जना व्यक्ति जबरजस्ती करणी काण्डमा पक्राउ परेका छन् । शनिबार २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिका–६ शिवालय टोल डेरा गरी बस्ने दाङको राप्ती गाउँपालिका–६ घर भएका ४६ वर्षीय हिमाल खड्कालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । सोही ठाउँस्थित दाउन्ने काष्ठकलामा घुम्न गएको अवस्थामा खड्काले ती महिलालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले खड्कालाई पक्राउ गरेको हो ।









































