काठमाडौं, 4 अक्तूबर 2021
परराष्ट्रमन्त्री डा.नारायण खड्काले सिन्धुपाल्चोकस्थीत नेपाल–चीनको तातोपानी भन्सार नाका खोल्नका लागि चिनियाँ पक्षसँग कुटनैतिक पहल गर्ने बताउनुभएको छ । सोमबार कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र सिन्धुपाल्चोक जिल्लाका व्यवासायीहरूसँग भएको भेटमा मन्त्री डा.खड्काले बाढीपहिरोले तहस नहस बनाएकोले तातोपानी नाका सुचारु गर्न गर्नसके सिन्धुपाल्चोकको आर्थिक अवस्था सुधार हुने भन्दै भन्सार नाका खोल्नका लागि चिनियाँ पक्षसँग कुटनैतिक पहल गर्ने बताउनुभएको हो । उहाले यस बिषयमा सरकारले संवेदनशिल भएर सम्बोधन गर्ने प्रयास गर्ने उल्लेख गर्नुभयो । २० वटाभन्दा धेरै छाड्ने व्यवस्था मिलाउन र कन्टेनरको संख्या अत्याधिक रुपमा बढाइदिन आग्रह गर्ने उहाले बताउनुभयो । त्यस्तै कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले तातोपानी नाका बन्द हुँदा अर्बौं राजश्वमा असर परेको रव्यापारीका साथै धेरै जनताले रोजगारी गुमाएको बताउनुभयो । उहाले जाडो मौसममा किनेको वस्तु गर्मी मौसममा आउने अवस्था रहेकाले व्यापारिहरु मर्कामा परेको बताउनुभयो । चीनबाट ४० हजार टन मल ल्याउने कुरा भएपनि १५ सय टन मल नाकामा नै रोकिएको उहाले जानकारी दिनुभयो । भेटका क्रममा हिमालय व्यापार सीमापार व्यापार संघ र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले चिनियाँ पक्षले सहज रुपमा तातोपानी र रसुवा नाका खोल्न नमानेको गुनासो गरेका थिए ।









































